'निर्देशन गर्ने बेला भएको छैन'

'निर्देशन गर्ने बेला भएको छैन'

काठमाडौ: अमेरिकामा बस्दै आएकी अभिनेत्री जल शाह यति बेला काठमाडौंमा छिन् । छोटो समयका लागि नेपाल आएकी उनले आफ्नो पेसाप्रतिको झुकाव कायमै रहेको बताइन् । आठ वर्षदेखि अमेरिका बस्दै आएकी उनले सधैं नेपाली चलचित्र उद्योगलाई 'मिस' गरिरहेको बताइन् । 'अमेरिकामा बसे पनि म सधैं देश र चलचित्र उद्योगलाई मिस गरिरहेकी हुन्छु', शनिबार सञ्चारकर्मीसँग अनौपचारिक कुराकानी गर्दै उनले भनिन् ।

नेपाल फर्केर फेरि चलचित्र उद्योगमा छिर्ने योजना छ कि ? भन्ने जिज्ञासमा उनले भनिन्, 'अमेरिका र काठमाडौं दुवैतिर घर छ । आउने जाने गरिरहन्छु । बीचमा मिल्यो भने राम्रो चलचित्रमा सामाजिक भूमिकामा काम गर्ने इच्छा छ ।' उनले गाउँले परिवेश समेटेर बनाइएका चलचित्रमा आफूले सही भूमिका पाए खेल्ने बताइन् ।

तपाईंभन्दा पछि चलचित्र उद्योगमा प्रवेश गरेका नायिकाले पनि चलचित्र निर्देशन गर्न थालेका छन् नि ? भन्ने प्रश्नमा शाहले चलचित्र निर्देशन गर्ने वा निर्माण गर्ने कुनै योजना नभएको बताइन् । 'अहिले चलचित्र निर्देशन गर्ने मेरो बेला भएजस्तो लाग्दैन', उनले भनिन् ।

आफूले सधैं अभिनयलाई जोड दिने गरेको भन्दै शाहले अहिले पनि आफूले सहज रूपमा अभिनय गर्नसक्ने बताइन् । छोरीलाई लिएर काठमाडौं आएकी शाह वीरगन्ज पनि पुगिन् । नेपाल आउनुअघि उनले केही दिन भारतको मुम्बईमा बिताइन् ।

चलचित्र उद्योगमा प्रवेश गर्दाका सुरुआती दिन स्मरण गर्दै शाहले भनिन्, 'आमा प्रेमा शाहले प्रकाश थापा अंकलसँग मलाई चलचित्रमा खेलाउने कुरा गर्नुभएछ तर मलाई ज्ञान थिएन । सुरुमा श्रीस्वस्थानीमा एक नारीको रूपमा खेल्न आग्रह गरिएको थियो । मैले संस्कृतका श्लोकहरू बोल्न सकिनँ । त्यो भूमिका पछि नायिका पूजा चन्दलाई दिइयो । पछि मैले चलचित्र अवतारबाट करिअर सुरु गरेँ ।'

चलचित्र उद्योगको उन्नतिका लागि सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको उनले बताइन् । 'हाम्रोबारेमा पत्रकारले जस्तो लेखिदिन्छन्, जनतामा त्यस्तै इमेज बन्छ । म आग्रह गर्छु, यहाँहरूले हाम्रा बारेमा सकारात्मक कुराहरू सम्प्रेषण गरिदिनुहुनेछ', उनले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.