डेंगु रोक्न केन्द्रबाट विशेषज्ञ

डेंगु रोक्न केन्द्रबाट विशेषज्ञ

काठमाडौः तराईका विभिन्न जिल्लामा डेंगु रोगको संक्रमण व्यापक बन्दै गएपछि नियन्त्रण गर्न सरकारले केन्द्रबाटै विशेषज्ञ टोली खटाएको छ ।

लामखुट्टेको टोकाइबाट फैलने उक्त रोगका कारण मानिस धमाधम बिरामी पर्न थालेपछि स्वास्थ्य मन्त्रालयले रोग प्रभावित क्षेत्रमा केन्द्रबाटै चिकित्सक र प्राविधिक टोली खटाउनुपरेको हो ।

झापामा मात्रै सोमबार ३४ जनाबाट बढेर डेंगु संक्रमितको संख्या सय नाघेको छ । सन् २०१२ मा उक्त जिल्ला डेंगुबाट सबैभन्दा धेरै आतंकित बनेको थियो ।

यस्तै यस वर्ष चितवनमा ३ सय ६७, पर्सामा तीन, काठमाडौं, रूपन्देही र कैलालीमा दुईदुईजनामा संक्रमण पुष्टि भइसकेको छ । ललितपुर, धादिङ, काभ्रे, कास्की, स्याङ्जा, बागलुङ, बारा र सप्तरीमा पनि एकएकजनामा डेंगु संक्रमण पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले लामखुट्टे नियन्त्रण अभियान तीव्र पारेको बताइरहेका बेला संक्रमणले व्यापक रूप लिन थालेपछि दमकमा काठमाडौंबाट डेंगु जाँचका लागि आवश्यक कीटसहित डा. यदुचन्द्र घिमिरे र ल्याब टेक्निसियन डबलबहादुर बीसीलाई खटाएको हो ।

उनीहरूले त्यहाँ पुगेर डेंगु नियन्त्रणका लागि काम थालेको मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । मंगलबार किट विशेषज्ञ प्रमोद मेहतालाई पनि पठाउने मन्त्रालयले जनाएको छ ।

यस्तै डेंगुबाट सबैभन्दा धेरै प्रभावित चितवनमा पनि ‘सर्च एन्ड डिस्ट्रोएड' अभियानका लागि केन्द्रबाट टोली पठाइएको महाशाखाका निर्देशक डा. भीम आचार्यले बताए । डेंगु नियन्त्रणका लागि आइतबारदेखि तय भएको उनको एक साताको थाइल्यान्ड भ्रमणसमेत रद्द भएको छ ।

मन्त्रालयले प्रभावित १६ जिल्लामा सञ्चारमाध्यमबाट चेतनामूलक सूचनासमेत प्रसारण गरिरहेको बताएको छ । डेंगु रोक्नका लागि लामखुट्टे नियन्त्रण नै एकमात्र उपाय भएकाले त्यसका लागि आवश्यक सतर्कता अपनाउन मन्त्रालयले सरोकारवाला निकायलाई आह्वान गरेको छ । स्वास्थ्यमन्त्री गगन थापाले डेंगुविरुद्धको विशेष अभियानलाई तीव्रता दिन जिम्मेवार निकायलाई निर्देशन दिइएको बताए ।

सन् २०१२ मा नेपालमा पहिलोपटक एक जापानी स्वयंसेवकमा देखिएको डेंगुले सन् २०० ६ मा महामारीको रूप लिएको थियो । अरू लामखुट्टेभन्दा फरक प्रकृतिको एडिज नामको लामखुट्टेको टोकाइबाट यो रोग फैलिने गर्छ ।

सफा र स्थिर पानीमा अन्डा पार्ने उक्त पोथी लामखुट्टेले आफ्नो अन्डाको विकासका लागि दिउँसोको समयमा मानिसको रगत चुस्ने गर्छ । श्रीलंकामा गरिएको पछिल्लो अनुसन्धानले यी लामखुट्टे विशेषगरी पानी संकलन गर्ने कन्टेनर, फालिएका टायर, गमला, कुलो तथा पानी भरिएका खाल्डामा हुने गर्छन् । डेंगुको संक्रमण भएमा ५ सय गुणा बढी डेंगु ‘हेमोरेजिक' ज्वरो हुने पुष्टि भएको छ ।

संक्रमणले व्यापक रूप लिन थालेपछि झापामा डेंगु जाँचका लागि आवश्यक कीटसहित टोली पठाइएको छ।

डेंगु संक्रमणले रगतमा असर पर्ने र प्लेटलेट्सको संख्या अत्यधिक कम हुँदा जटिलता बढ्छ । पछिल्लो समय नेपालमा डेंगु सार्ने सबै प्रकारका भाइरस पाइनु र संक्रमण दर बढ्दै जानु सरकारका लागि चुनौती बनेको छ । लामखुट्टेको टोकाइलाई सामान्य ठान्दा यसबाट उत्पन्न हुने जटिलताबाट मानिस गुज्रिने क्रम बढेको छ ।

सजिलो उपाय अपनाउन पनि अल्छी मान्दा अनाहकमा स्वास्थ्य जोखिममा पर्न थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रणका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले बताए । ‘आजको व्यस्त समयमा मानिस आफ्ना लागि सबै गर्न चाहिरहेका छन् तर सामान्य झुल हालेर वा लामो कपडा लगाएर लामखुट्टेबाट बच्न चासो दिँदैनन् । त्यसैले रोगको जटिलता बेहोर्नु परेको छ', उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.