‘चलचित्रले संसार जोड्ने सामथ्र्य राख्छ' 

‘चलचित्रले संसार जोड्ने सामथ्र्य राख्छ' 

बुसान दक्षिण कोरियाः एसियन फिल्म कमिसन नेटवर्क (एएफसी नेट) को तेस्रो साधारणसभा दक्षिण कोरियाको पर्यटकीय नगरी बुसानमा सम्पन्न भएको छ । बुसानस्थित होटेल प्याराडाइजमा सम्पन्न साधारणसभाले कोरियाका चोई युनलाई सर्वसम्मतले नेटवर्कको अध्यक्ष चयन गरेको छ । ‘२१ औं शताब्दीमा चलचित्र एउटा सांस्कृतिक उद्योगका रूपमा स्थापित हुन सफल भएको छ', अध्यक्षमा चयन भएपछि युनले भने, ‘जसले संसारलाई जोड्ने सामथ्र्य राख्दछ ।'

एएफसी नेटको सो सभामा चलचित्र विकास बोर्डका सदस्यद्वय अशोकप्यासी राई र उत्तम केसीले बोर्डमार्फत नेपालको प्रतिनिधित्व गरेका थिए । एएफसी नेट चलचित्र क्षेत्रमा क्रियाशील एसियाली मुलुकका प्रतिनिधि एवं व्यावसायिक संघसंस्थाको साझा संगठन हो । हाल यस संगठनमा १८ मुलुकका रेगुलर र एसोसिएट गरी ५८ संघसंस्था सदस्य छन् ।

चलचित्र विकास बोर्ड एएफसी नेटको रेगुलर सदस्य हो । सदस्य संस्थामध्ये बुसान फिल्म कमिसन (कोरिया) का निर्देशक चोई युन, नेसनल फिल्म डेभेलोप्मेन्ट कर्पोरेसन (मलेसिया) का डाइरेक्टर जेनेरल कामिल ओइथमेन, कम्बोडिया फिल्म कमिसनका निर्देशक सोभिचय चिप, चलचित्र विकास बोर्ड (नेपाल) का अध्यक्ष राजकुमार राई, ईएन फिल्मस् प्राइभेट लिमिटेडका फाउन्डर इलेरी लियम बोर्ड अफ डाइरेक्टर्सका रूपमा रहेका छन् । बोर्ड अफ डाइरेक्टर्समध्ये कोरियाका चोई युन एएफसी नेटको अध्यक्ष चयन भएका हुन् ।

चार दिनसम्म चलेको कार्यक्रममा बुसान फिल्म कमिसनले ‘लन्च' गरेको ‘लिंक अफ सिने एसिया' आकर्षण बनेको थियो । ‘एसियन फिल्म पोलिसी फोरम'मा आठ वर्ष र ‘बुसान इन्टरनेसनल फिल्म कमिसन एन्ड इन्ड्रस्ट्री सोकेस'मा १५ वर्ष काम गरेको अनुभवपछि बुसान फिल्म कमिसनले लन्च गरेको ‘लिंक अफ सिने एसिया' चलचित्रसँग सम्बन्धित विश्वव्यापी कार्यक्रम हो ।

यसको मुख्य उद्देश्य चलचित्रमा प्रविधि र व्यवसायलाई एकसाथ अगाडि बढाउने रहेको छ । विश्वमा चलचित्र निर्माणमा देखिएको परिवर्तित शैली र प्रविधिलाई आत्मसाथ गर्न स्थापना गरिएको यस कार्यक्रमको पहिलो सत्रमै १४ देशका ८५ भन्दा बढी चलचित्रकर्मीको सहभागिता रहेको थियो ।

कार्यक्रममा ‘सिने विज एसिया' सेसनअन्तर्गत अन्तरदेशीय व्यावसायिक साझेदारी, सम्भावित लगानीकर्ता, सहनिर्माण, विदेशमा छायांकनस्थलको खोजीलगायतका विभिन्न विषयमा छलफल भएको थियो । त्यसैगरी चलचित्र निर्माणका लागि विश्वमा देखिएका नयाँ प्रविधिसम्बन्धी ‘टेक्नोलोजी एन्ड सिनेमा फोरम'मा विभिन्न मुलुकका चलचित्र निर्देशकले आफूले अपनाएको प्रविधि र त्यसको प्रभावका बारेमा चलचित्रका दृश्यसहित आफ्नो अनुभव बाँडेका थिए ।

बुसान एसियन फिल्म स्कुलले कार्यक्रमका सहभागीलाई स्कुल अवलोकन गराउनुका साथै विशेष प्रस्तुतिसमेत दिएको थियो । प्रस्तुतिमा स्कुलले अपनाएको शैक्षिक कार्यक्रम, उपलब्ध सुविधा एवं आधुनिक सामग्रीका साथै प्रविधिको विकासका बारेमा जानकारी दिएको थियो ।

उक्त स्कुलले चलचित्र क्षेत्रबाट करियर बनाउन चाहने संसारभरका प्रतिभावान् विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिएको थियो । सो स्कुलले ‘इन्टरनेनिल फिल्म बिजनेस एकेडेमी' नामक कोर्स तय गरी खासगरी चलचित्र निर्माणसम्बन्धी कक्षा दिने गरेको छ । ६ महिनाको उक्त कोर्स निकै प्रभावकारी र व्यावसायिक भएको स्कुलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.