'गुम्बा निर्माण दसगजाभित्र'

'गुम्बा निर्माण दसगजाभित्र'

पशुपतिनगर (इलाम): भारतीय पक्षले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्राम पञ्चायतबीचमा पर्ने सीमा क्षेत्रमा निर्माण गर्न लागेको गुम्बा दसगजाभित्रै परेको नापी विभागको टोलीले जनाएको छ ।

विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले नापजाँचपछि उक्त क्षेत्र सीमास्तम्भबाट भारततर्फको दसगजाभित्रै परेको बताए । 'प्राविधिक अध्ययन गर्दा सीमास्तम्भ ठीक ठाउँमा छन्', प्रमुख नापी अधिकृत सुशील डंगोलले भने, 'गुम्बा बोर्डर लाइनमै छ ।'

सहायक सीमास्तम्भ ७१/७ र ७१/८ को बीचमा रहेको गुम्बा भारततर्फको दसगजा क्षेत्रभित्रै परेको उनले बताए । अन्तर्राष्ट्रिय सीमा नियमअनुसार उक्त क्षेत्रमा दुवै देशले रेखदेख गर्नुपर्छ तर मानवीय क्रियाकलाप गर्न पाइँदैन ।

सीमास्तम्भबाट नेपालतर्फ ३० फिट र भारततर्फ ३० फिट क्षेत्र खाली राख्नैपर्ने जानकारी प्रमुख डंगोलले दिए । 'फाटकमा उक्त नियम उल्लंघन भएको छ', उनले भने ।

डंगोलसहित नापी अधिकृत विवेक नेपालको टोलीले मंगलबार विवादित क्षेत्रको नापजाँच गरेको थियो । नापजाँचपछि भारतीय सीमासुरक्षा बलका स्थानीय अधिकारीले आफूलाई जानकारी नगराई नापजाँच गरेको भन्दै असहमति प्रकट गरेका थिए ।

भारतीय पक्षका स्थानीयले पनि बिनाजानकारी नापजाँच गरेको भन्दै भारतले नभनेसम्म काम नरोक्ने बताएका थिए । गुम्बा निर्माण समितिका अगुवा बुद्ध तामाङले भारत सरकारले नभनेसम्म काम नरोक्ने बताए ।

इलामका सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले दसगजामा निर्माणकार्य नगर्न आग्रह गरेका थिए । गुम्बानजिक भारतीय पक्षले सीमास्तम्भबाट नेपालतर्फ पर्ने क्षेत्रमा समेत टहरा बनाएर भारतीय नागरिकलाई राखेको छ । सांसद लीलादेवी श्रेष्ठले उक्त क्षेत्रका टहरा हटाउन भारतीय स्थानीयलाई आग्रह गरेकी थिइन् । भारतीय पक्षले नेपालमा रहेका भारतीयका छाप्रा हटाउने बताएको सांसद श्रेष्ठले बताइन् ।

इलामका नापी अधिकृत रविशंकर पाण्डे, सशस्त्र प्रहरी निरीक्षक मदनकुमार रसाइली, अनुसन्धान अधिकृत प्रचण्डमान डंगोल, नापी अधिकृत विवेक नेपालसहितको टोलीले भारतीय पक्षलाई 'नो मेन्स ल्यान्ड' मा काम हुन लागेको गुम्बा निर्माणकार्य रोक्न गुम्बा निर्माण समितिलाई जानकारी गराएका थिए ।

पुरानो काठको टासी छोङलिङ गुम्बालाई भत्काएर सामुदायिक हलसहितको तीनतले पक्की गुम्बा बनाउने तयारी गरेपछि नेपाली प्राविधिक टोलीले उक्त क्षेत्रको नाँपजाँच गरेको हो । तीन महिनाअघि गुम्बा बनाउने विषयमा छलफल हुँदा नेपाली पक्षले विरोध गरेको थियो । अहिले भने गुम्बा आसपासका टहरा हटाउन थालिएको छ ।

सीमा प्रशासन कार्यालयका प्रमुख मोहनलाल पनेरूले 'तीन महिनाअघि दुवै देशका प्रतिनिधिको बैठकले नापी टोलीले सीमा यकिन नगरेसम्म कुनै संरचना नबनाउने सहमति गरेको' बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.