बालुवाटारमा तीन शीर्ष नेताको बैठक, मिलेर अघि बढ्ने निर्णय

बालुवाटारमा तीन शीर्ष नेताको बैठक, मिलेर अघि बढ्ने निर्णय

काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा भएको  बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

बैठकमा व्यवस्थापिका–संसदमा पेस भएको अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव, निर्वाचन, संविधान संशोधनलगायतका विषयमा छलफल भएको थियो। यी विषयमा मिलेर अघि बढ्ने निश्कर्षसहित बैठक टुंगिएको छ। 

बैठकमा शीर्ष नेताबीच शीर्ष तहको सम्वाद जारी राख्दै संविधान संशोधन, संविधान कार्यान्वयन, महाअभियोग लगायतका विषयमा सहमतिका आधारमा अन्तिम टुङ्गोमा पुग्ने गरी सकारात्मक छलफल भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनाल (बलदेव) ले तीन दलका शीर्ष नेताहरु एकठाउँमा बसेर राष्ट्रिय महत्वका विषयमा सकारात्मक छलफल भएको बताए। तीन दलका प्रमुख नेताहरुको बैठक लामो समयपछि बालुवाटारमा बसेको हो। यसले मुख्य दलहरुबीचको सहकार्यको संभावना बढेको छ।

लोकमानविरुद्ध एमाले र माओवादीका सांसदले हस्ताक्षर गरे पनि सरकारमै रहेको अर्को दल कांग्रेसले औपचारिक निर्णय गरेको छैन । कांग्रेसको मौनताले गर्दा प्रधानमन्त्रीलाई समेत अप्ठ्यारो परेको छ । यो विषयमा प्रमुख दलका शीर्ष नेताहरु एकै ठाउँमा बसेर पहिलोपटक प्रधानमन्त्रीले छलफल गरेका हुन् ।

लोकमान प्रकरण चर्किएपछि संविधान संशोधन आझेलमा परेको भन्दै मधेसी दलहरुले छठपछि कडा आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । संविधान संशोधनका विषयमा समेत शीर्षनेताबीच छलफल भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.