राजेश हमाल भन्छन्-मुमालाई डिप्रेसनले लग्यो

राजेश हमाल भन्छन्-मुमालाई डिप्रेसनले लग्यो

'बुवाको मृत्युपछि अवस्था बिग्रियो । समयमा नखाने, सुतिरहने, सक्रिय नहुने, कतै जान मन नगर्ने, चुरोट झन् बढी खाने खाने गर्नुहुन्थ्यो । उहाँको समस्या सामान्य रूपमा लियौं', महानायक राजेश हमालले मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रममा पत्रकार सम्मेलनमा भने, 'मैले समयमा खाना खानुस्, कतै जानुपर्छ भने म पुर्‌याइदिन्छु मात्रै भने । यो सब हुनुको कारण डिप्रेसन भएको रहेछ । अन्त्यमा मुमालाई डिप्रेसन र चुरोटले लग्यो ।'

'म्युजिक फर मेन्टल हेल्थ अवेरनेस'ले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्यले शनिबार आयोजना गर्न लागेको कन्सर्टको लागि आयोजित पत्रकार सम्मेलनमा उक्त विचार राखेका हुन् । उनले मुमाको मृत्यु भइसकेपछि मात्रै उहाँको समस्या थाहा पाएकोमा पछुतो लागेको बताए । उनले मानसिक समस्यालाई सामान्य रूपमा लिँदा विकराल अवस्था आउने भएकाले समयमै विचार पुर्‌याउनुपर्ने सुझाव दिए ।

मानसिक समस्या झेलेका आइसल्यान्डका प्रख्यात म्युजिसियन तथा मानसिक स्वास्थ्य अभियन्ता होग्नी इलसनले आफ्नो वृत्तान्त सुनाउँदै भने, 'धेरै समयसम्म के भएको थाहा थिएन ।' मानसिक समस्याबाट किशोर अवस्थामै सिकार बनेको इलसनले बताए । अवस्था निकै बिग्रिएपछि परिवारले उनलाई डाक्टरकोमा पुर्‌याएको र त्यहाँ थाहा पाएको उनले बयान गर्दै भने, 'मलाई अस्पताल जेलजस्तै लाग्यो, सबैजना मेरो शत्रुजस्तै लाग्थे, नकारात्मक सोँच आउथ्यो । समाजमा अरूले के भन्लान् जस्तो लाग्थ्यो । त्यो अवस्था साँच्चै डरलाग्दो थियो ।'

आफूलाई बिस्तारै बदलेको, पिउन छोडेको र हाल ३१ वर्षको हुँदा सम्पूर्ण रूपले ठीक भएको उनले सुनाए । आफू जस्तै समस्यामा परेकाहरूको लागि सचेतना फैलाउन चाहेको उनले बताए । समस्या भएकाले परिवार र साथीसँग खुलेर समस्याबारे बताउनुपर्ने उनले भने । यो समस्या निको हुने भएकाले गम्भीर रूपमा नलिन उनले अपिल गरे ।

अर्की अभियन्ता अन्ना तारा इडवार्डले पनि यस्तो समस्या समाधानका लागि लुकाउन नहुने बताएकी थिइन् । उनले यस समस्याबाट मुक्त हुनलाई ध्यान, मेडिटेसन गर्दै आफूलाई बुद्ध धर्ममा रूपान्तरण गरेको बताइन् । मानसिक विक्षिप्त भएर बारम्बार आत्महत्याको प्रयास गरेका 'कोसिस नेपाल' का अध्यक्ष, मात्रिका देवकोटाले पनि आफ्नो कथा सुनाए । आफू निको भएपछि आफूजस्तै समस्यामा परेकाको सेवाको लागि कोसिस नेपाल स्थापना गरेको उनले बताए ।

कान्ति बाल अस्पतालका डाक्टर अरुणराज कुँवरले यस्ता समस्यामा परेका बालबालिकाको उपचारको लागि अझै समस्या भएको बताए । माओवादी द्वन्द्वका कारण ४० प्रतिशत बालबालिकाको मानसिक स्वास्थ्य बिग्रिएको र भूकम्पका कारण ३० प्रतिशतको मानसिक स्वास्थ्य बिग्रिएको तथ्यांकले देखाएको जानकारीसमेत उनले गराए ।

विश्वस्वास्थ्य संगठनको अनुसार, नेपालका ९० प्रतिशत कुनै न कुनै रूपमा मानिसलाई मानसिक समस्या छ । प्रत्येक चारमध्ये एकजनालाई मानसिक समस्या देखिएको तथ्यले देखाउँछ । मानसिक स्वास्थ्य सचेतनामूलक कन्सर्ट शनिबार साढे चार बजे सोल्टी होटेलमा हुने भएको छ । जहाँ राजेश हमाल, होग्नी इलसन, सुबानी मोक्तान, १९७४ एडीलगायतले प्रस्तुति गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.