मासिँदै देउडा संस्कृति

मासिँदै देउडा संस्कृति

चैनपुर: सुदूरपश्चिमको सांस्कृतिक पहिचान बोकेको देउडा खेल (नाच) पातलिँदै गएको छ । गाउँघरमा महिला पुरुष, केटाकेटीबीच खेलिने देउडा खेल लोप हुँदै गएको हो । सुदूरपश्चिम क्षेत्रको पहिचानका रूपमा रहेको देउडा गीतका लागि महिला समूह नभएपछि लोप हुँदै गएको स्थानीयको भनाइ छ ।

पुरुष समूहसँग मायाप्रीति दुःखसुखका गीत गाएर देउडा खेल्ने महिला समूह हराउँदै गएका छन् । अहिले कुनै कुनै महिला समूहले टाढाटाढाबाट आएर पनि स्थानीय चाडपर्वमा देउडा गीत पुरुषसँग गाउने गरेका छन् ।

सुदूरपश्चिमका चाडपर्वमा महिला पुरुषको देउडा खेल आकर्षक मानिन्छ । यसवर्ष सदरमुकाम चैनपुरको शिलदेवी जात्रामा बाजुराको काडाँघर भएकी दुर्गा सार्की र धौली सार्कीले दुई दिनसम्म बझाङका पुरुषसँग देउडा खेलिन् । उनीहरूलाई निमन्त्रणा गर्ने संस्थाले १२ हजार रुपैयाँ दिएर बिदाइ गरेको थियो ।

उनीहरूको राम्रो खेल देखेर छान्नामा लाग्ने दसैं मेलामा पनि त्यहाँका आयोजकले दुवैलाई १५ हजार दिएर बोलाए । दुर्गा विकले भनिन्, 'चाडपर्वमा देउडा खेल्न गाउँगाउँबाट बोलावट आउछ । पैसा आयस्रोत पनि बनेको छ ।'

छान्नामा देउडा खेलेर घरजाने सोच बनाएकी दुर्गाले थलारा आठबिसको जात्रामा २० हजार पारिश्रमिक दिने भएपछि मेलामा पुगेको बताइन् । देउडा विशेषगरी बाजुराको केही स्थान खप्तड मेला, सैनडाँडा, शिलदेवी जात्रामा खेलिन्छ ।

देउडा खेल्ने पुरुषहरू शेरबहादुर सिंह, भीम धामी, जयराज जोशी, दिलबहादुर सिंहसँग महिला खेलाडीहरू बझाङकी राजकला धामी, बाजुराकी सुना विक, दुर्गा सार्की, धौली सार्कीको मेलापर्वमा कडा प्रतिस्प्रर्धा हुन्छ ।

अहिले देउडा खेल पातलिँदै गएको कालुखेतीका शेरबहादुर सिंहले बताए । उनका अनुसार धनगढीमा भएको देउडा खेलमा बाजुराकी सुना विकले ६० हजार पुरस्कार हात पारेकी थिइन् । थलारा पिखेतका बलबहादुर रोकाले सुदूरपश्चिमको देउडा संकृति लोप हुँदै गएकाले यसको संरक्षणमा सरोकारवाला लाग्नुपर्ने बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.