भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा पत्रकारका लागि छुट्टै पास
काठमाडौँ: भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा समाचार संकलन गर्ने पत्रकारका लागि छुट्टै पासको व्यवस्था गरिएको छ ।
परराष्ट्र मन्त्रालयको आग्रहमा सूचना विभागले छुट्टै प्रेस पासको व्यवस्था गर्न लागेको हो । सूचना विभागको पास लिनका लागि पत्रकारले कात्तिक १२ गते दिनको २ बजेसम्ममा सूचना विभागमा कागजातसहित उपस्थित हुन सञ्चार गृहलाई आग्रह गरिएकाे छ ।
भारतीय राष्ट्रपति सहभागी हुने कार्यक्रममा रिपोर्टिङ गर्ने पत्रकारले १२ गतेसम्मा सूचना विभागले जारी गरेको प्रेस प्रतिनिधिको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित सञ्चारगृहको सिफारिस पत्र र पासपोर्ट साइजको फोटो पेनड्राइमा उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ ।
भारतीय राष्ट्रपति मुखर्जीले कात्तिक १७ देखि १९ गतेसम्म तीनदिन नेपालको भ्रमण गर्दैछन् । मुखर्जी १७ गते दिउँसो १२:२० बजे काठमाडौँ आइपुग्ने छन् भने १९ गते साँझ पाँच बजे स्वदेश फर्किने कार्यतालिका छ ।
नेपाल भ्रमणका क्रममा मुखर्जी जनकपुर र पोखरासम्म पुग्ने छन् ।