पाइलट नहुँदा प्याराग्लाइडिङ बन्द

पाइलट नहुँदा प्याराग्लाइडिङ बन्द

सुर्खेत: पाइलटको अभाव भएपछि सुर्खेतमा केही महिना सञ्चालन भएर प्याराग्लाइडिङ बन्द भएको छ। दुई अघि पहिला संचालनमा ल्याइएको प्याराग्लाइडिङको उडान दक्ष पाइलटको अभावमा बन्द भएको हो। तर, संचालकले भने अबको तीन महिनाभित्रमा पुनः सुर्खेती आकाशमा प्याराग्लाइडिङको नियमित उडान हुने दाबी गरेका छन्। त्यसका लागि आवश्यक तयारी भइरहेको संचालकले जनाएका छन्।

सरकारले यो वर्षलाई घुमफिर वर्षको रुपमा मनाइ रहेको र जिल्लामा पर्यटकको आवागमन बढेको भन्दै सचालकले पुनः प्याराग्लाइडिङ संचालन गर्ने तयारी गरेका हुन्। पाइलट नपाउँदा उडान बन्द भएको भन्दै वेलकम प्याराग्लाइडिङ प्रालीले अबको तीन महिनाभित्रमा जिल्लामा फेरि प्याराग्लाइडिङ संचालन गर्ने तयारी गरेको हो।

पाइलटलाई जिल्लामा ल्याउनका लागि अन्तिम तयारी भइरहेको जानकारी दिँदै प्रालीले अब बन्द नहुने गरी संचालनको तयारी भइरहेको बताएको छ। आवश्यक तयारी गर्न तीन महिना समय लाग्ने भन्दै प्रालीले त्यसपछि नियमित उडान हुने दाबी गरेको हो।

परीक्षण उडान सफल भएपछि दुई वर्ष पहिला मंसिरबाट व्यवसायीक रुपमा गढी गाविस–८ स्थित बयलकाँडाबाट प्याराग्लाइडिङको उडान सुरु गरिएको थियो। तर, जिल्लामा पाइलट नभएको र बाहिरबाट ल्याइएका पाइलटहरु फिर्ता भएसँगै यसको उडान पनि बन्द हुन पुगेको हो। नेपालको पोखरापछि सुर्खेत प्याराग्लाइडिङको उडानका लागि सुरक्षित मानिन्छ।

वेलकम प्याराग्लाइडिङ प्रालीका संचालक पदमबहादुर शाहीले भने,‘सुर्खेतमा यसको राम्रो सम्भावना छ, पाइलट नपाउँदा हामीले उडान बन्द गरका हौं। अब हामीले पुनः संचालनका लागि तयारी गरेका छौं, ढिलोमा अबको तीन महिनाभित्रमा सुर्खेती आकाशमा फेरि प्याराग्लाइडिङ उड्नेछन्।’ पोखरा, भारत र युरोपबाट पाइलट ल्याउनुपर्ने बाध्यता रहेको भन्दै उनले अब आफूहरुले पाइलटलाई जिल्लामै राख्ने व्यवस्था गर्ने र नियमित रुपमा संचालन गर्ने जानकारी दिए।

सुर्खेतमा बयलकाँडाबाट प्याराग्लाइडिङ उडान गरी वीरेन्द्रनगर–२ त्रिपुरेश्वरमा अवतरण गरिंदै आएको छ। प्रालिका अनुसार हाल १२ वटा उडानका लागि अनुमति लिइएको छ। नेपाली नागरिकहरुका लागि २० देखि ३० मिनेटको उडानका लागि पाँच हजार पाँच सय र विदेशी नागरिकका लागि आठ हजार पाँच सय शुल्क लाग्ने गरेको थियो। सुरुवातमा यसप्रति निकै आकर्षण बढेको थियो । तर पाइलट नहुँदा हालसम्म प्याराग्लाइडिङको अहिले भने बन्द रहेको छ

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.