व्यापार सन्धि नवीकरण

व्यापार सन्धि नवीकरण

नयाँदिल्ली: नेपाल-भारत संयुक्त बैठकमा नेपाल-भारतबीचका व्यापारिक सन्धि तथा अनधिकृत व्यापार रोक्न भएको दुई देशबीचको सम्झौता सात वर्षका लागि नवीकरण भएको छ ।

सन् २००९ अक्टोबर २७ तारिखमा दुवै सन्धिसम्झौतामा हस्ताक्षर भएको थियो । संशोधित सन्धिसम्झौतामा हस्ताक्षर गरिएको म्याद संयोगले यही बैठकको अन्तिम दिन परेकाले उक्त विषयमा दुवै पक्षको ध्यानाकर्षण भएको जानकारी बैठकमा सहभागी वाणिज्य मन्त्रालयका एक अधिकारीले दिए ।

सन्धिसम्झौताको म्याद सकिएपछि स्वाभाविक नवीकरण हुने प्रावधान छ । नेपालका तत्कालीन वाणिज्यमन्त्री राजेन्द्र महतो र भारतका तर्फबाट आनन्द शर्माले उक्त सन्धिसम्झौतामा हस्ताक्षर गरेका थिए ।

बैठकमा उद्योगी-व्यवसायीले भारत निकासी हुने जुट उत्पादनमा भारतले लगाएको ४ प्रतिशत 'एन्टिडम्पिङ' शुल्क मिनाहा गर्न गरेको आग्रहमा भने सहमति नभएको बताइएको छ । बंगलादेशबाट आयात हुने जुटजन्य उत्पादनमा ३० प्रतिशत शुल्क लिँदै आएको भारतले यसबारे आगामी बैठकमा छलफल गर्ने बताएको जानकारी बैठकमा सहभागी अधिकारीले दिए ।

रेलवे सम्झौतामा भारतीय पक्षको चासो रहेकाले यससम्बन्धी परियोजना आगामी दिनमा तीव्रतासाथ अघि बढ्नसक्ने पनि ती अधिकारीको भनाइ छ ।

सिमेन्ट, मलजस्ता सामान कोलकाताबाट वीरगन्ज नाकासम्म मात्र लैजान पाउने अवस्था रहेकोमा सुनौली-भैरहवा, रूपैडिया-नेपालगन्ज, जोगवनी-विराटनगरलगायत नाकाबाट समेत आयात गर्नेबारे नेपाली पक्षले राखेको प्रस्तावमा भारतीय पक्ष सकारात्मक भएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.