सामाजिक सञ्जालमा कमेन्ट गरेर बस्नेलार्इ दीपकराज गिरीको प्रश्न-फेसबुक कमेन्टस् मै पिएचडि गरेर मात्रै बस्ने ?

सामाजिक सञ्जालमा कमेन्ट गरेर बस्नेलार्इ दीपकराज गिरीको प्रश्न-फेसबुक कमेन्टस् मै पिएचडि गरेर मात्रै बस्ने ?

कलाकार दीपकराज गिरी फेसबुकमा आएका कमेन्टबाट दिक्क छन् । आफूहरुलार्इ यस्तो गर, त्यस्तो गर भन्दै दिइने सुझावबाट आजित भएका उनी कमेन्ट लेख्नेहरुलारुलार्इ राम्रो काम गर्न सुझाव दिँदै फेसबुकमा कमेन्टमात्र गरेर नबस्न आग्रह गर्छन् ।


उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस


केहि फेसबुकका महान आत्माहरू लाइ संयुक्त जवाफ दिदैछू
जो पटक पटक हामिलाइ सिकाइरहनु हुन्छ.. ....फिल्म बनाएर बस्ने होइन समाजसेवा गर , फिल्म बनाएर पैसा किन कमाको? फलानोको जस्तो गर.. उस्को जस्तो गर इत्यादि ।

जवाफ
कस्ले भन्यो चलचित्र पैसा कमाउन बनाइन्छ? एउटा चलचित्र बनाउदा ९०% डुब्ने सम्भावना हुन्छ? केबल १०% चलचित्र मात्र सफल हुन्छन् नेपालमा .....१ करोडको लगानिले एउटा स्तरिय रेष्टुरेन्ट खोलेर ज़िन्दगी भरलाइ कमाउने बाटो हुन सक्थ्यो तर हामिले चलचित्र बनाएर जोखिम उठायौ,
चलचित्र बनाउनु, समाजको यथार्थवाइ पर्दामा उतार्र्नु ,कबिता लेख्नु, पुस्तक लेख्नु.... पैसा कमांउन मात्र गरिएको काम हो? ..
लक्ष्मि प्रसाद देबकोटाले थुप्रै साहित्य कृति छोडेर गए जुन पुस्तकहरू अहिले तपाइ हामि पढिरह्का छौ के उनले कबिता लेख्न छोडेर समाजसेवा गर्नु पर्थ्यो?
उनले पैसा कमाउनका खातिर मात्रै सृजना गरेका थिए ति कृतिहरू ?
नारायण गोपालले पैसा कमाउन मात्रै गाएका थिए ?


सॉधुरो सोच नराख्नुस.. समाज सेवा गर्नु पुन्यको काम हो , त्यो काम गर्नेहरू महान हुन तर संसारका सबै महिलाहरू मदर टेरेसा भएको भए यो संसार चल्थ्यो? .. के तपाइ हाम्रा मदरको पनि छुट्टै महत्व छैन समाजमा ?


कसै संग कसैलाइ तुलना नगर्नुस
सबैको काम त्यति नै महत्वपूर्ण हुन्छ... समाजसेवा मात्र संसारको एउटा मात्रै बिकल्प होइन...आफूले लागेको क्षेत्र बाट केहि उपलब्धिपूर्ण नतिजा समाजलाइ दिन सक्नु पनि राष्ट्बाद हो, समाजसेवा हो आफ्नो पेशामा सत प्रतिशत इमान्दार भएर काम गर्नु पनि समाज सेवा हो
हामिले त गर्यौ र गरेको महसूस पनि छ .....तर तपाइ जस्ले फेसबुकमा ....धुर्मुस जस्तो बन, सुन्तली जस्तो बन्नु भनेर अरू पेशाकर्मी, कलाकार साहित्यकारलाइ कमेन्ट गरेर बस्नु हुन्छ .....तपाइले अब आफूलाइ चाहि प्रमाणित कहिले गर्ने ?


कि फेसबुक कमेन्टस् मै पिएचडि गरेर मात्रै बस्ने ?


एउटा असल पेशाकर्मी भएपछि आफूले भिन्न भिन्न पेशा गर्दा कमाएको केहि हिस्सा गरिब दुखिको लागि पनि खर्चिनु पर्छ , सहयोगी हुनु पनि पर्छ
तर .. वकिल, डाक्टर, कबि साहित्यकार , ब्यापारिहरू सबैले आआफ्नो कार्यालयमा ताला लगाएर,काम बन्द गरेर समाजसेवा तिर नै लाग्ने हो र? .....


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.