पाकिस्तानी कूटनीतिज्ञलाई भारत छोड्न आदेश

पाकिस्तानी कूटनीतिज्ञलाई भारत छोड्न आदेश

नयाँ दिल्लीः जासुसी गरेको र गोपनीय रक्षा दस्तावेज चोरी गरेको आरोपमा पाकिस्तानी उच्चायोगका कर्मचारीलाई भारत सरकारले ४८ घण्टामा भारत छोड्न आदेश दिएको छ।

रक्षासम्बन्धी कागजातका साथ प्रहरीले उनलाई दिल्लीमा रंगेहात पक्राउ गरेपछि भारतले यस्तो आदेश दिएको हो। पाकिस्तानी उच्चायुक्त अब्दुल बासितलाई भेटेर महमुद अख्तरलाई देश निकालाको आदेश दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले जानकारी दिएका छन्।

उनले भने, ‘पाकिस्तानी उच्चायुक्तसँग कुराकानी भएको छ। जासुसी गतिविधिमा संलग्न भएकाले पाकिस्तानी उच्चायोगका कर्मचारीलाई अनधिकृत व्यक्ति घोषणा गरिएको छ।’पाकिस्तानले भने भारतले आफ्ना कूटनीतिक कर्मचारीलाई हिरासतमा लिने र दुव्र्यवहार गरेको आरोप लगाएको छ।

निराधार आरोप लगाउने भारतीय गतिविधि निन्दनीय भएको भएको उसको कथन छ। पाकिस्तानी उच्चायोगका कर्मचारी महमुद अख्तरलाई हिरासतमा लिएर भारतले ‘भियना सम्झौता’को उल्लंघन गरेको उच्चायुक्तले दाबी गरे।

पाकिस्तानका लागि जासुसी गरेको आरोपमा भारतीय प्रहरीले राजस्थानका दुईजनालाई पक्राउ गरेको थियो । ती दुवैजनासँग पाकिस्तानी उच्चायोगका कर्मचारी अख्तर पक्राउ परेका थिए। ३५ वर्षीय अख्तरबाट गोपनीय रक्षासम्बन्धी कागजात बरामद गरेको भारतीय प्रहरीको भनाइ छ।

पाकिस्तानी गुप्तचर संस्था आइएसआईले अख्तरलाई दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा खटाएको र पछि भिसा विभागमा नियुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अख्तरका साथमा सुरक्षासम्बन्धी कागजात फेला परेपछि प्रहरीले उनलाई केरकार गर्दा आधार कार्ड देखाएका थिए। उक्त कार्ड नक्कली भएको र पाकिस्तानी नागरिक भएको खुलासा भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.