'संविधान संशोधन नभए छठपछि सशक्त आन्दोलन'
सप्तरी: सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब नभए अान्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
सप्तरीको राजबिराजमा शुक्रबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म माग पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन हने चेतावनी दिएका हुन्।
संविधान संशोधनमार्फत मधेसका समस्या समाधान नभएमा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकिने उनले बताए।
सङ्घीयताको खाका तयार नभएसम्म स्थानीय निकायको निर्वाचन गराउन नहुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई हटाउने सम्बन्धमा मधेसी मोर्चासँग छलफल नभएको समेत बताए। रासस