क्षतिपूर्तिको माग गर्दै प्रहरी वृत्तमा तोडफोड, दुर्इ प्रहरी घाइते

क्षतिपूर्तिको माग गर्दै प्रहरी वृत्तमा तोडफोड, दुर्इ प्रहरी घाइते

भक्तपुर: मोटरसाइकल ठक्करबाट मृत्यु भएका महिलाका आफन्तले क्षतिपूर्तिको माग गर्दै महानगरीय प्रहरी वृत्त थिमिमा तोडफोड गरेका छन्।

तीव्रगतिमा आएका बा ८० प ५००८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मध्यपुरथिमिमा हिजो साँझ दोलखा– ८ जिरीकी ४५ वर्षकी कमला भन्ने सरस्वती खड्काको मृत्यु भएपछि उनका आफन्तले क्षतिपूर्तिको माग गर्दै शुक्रबार प्रहरी वृत्त थिमिमा घेराउ गरेका छन् ।

उनीहरुले मृतकका दुई छोराछोरीको पढाइ, पालनपोषणको जिम्मेवारी र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। प्रहरी वृत्त घेराउ गर्नेहरुले ढुङ्गा प्रहार गर्दा वृतमा कार्यरत प्रहरी कृष्णबहादुर तामाङ र जयन्तराज कार्की घाइते भएका छन्। घाइते दुबै जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेका छन्।

ढुङ्गा प्रहारबाट महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाको गाडीको अगाडीको सिसा फुटेको छ भने प्रहरी वृत्त थिमिको भवनको सिसा फुटेको छ। तोडफोडबाट करिब एक लाख ५० हजार रुपैयाँको क्षति भएको अनुमान प्रहरीको छ।

तोडफोडमा संलग्न रहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.