मापदण्ड पालना गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्री थापाको निर्देशन

मापदण्ड पालना गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्री थापाको निर्देशन

काठमाडौं: स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै स्वास्थ्य संस्थालाई मापदण्ड तत्काल पालना गर्न आह्वान गरेका छन् ।

मन्त्री थापाको निर्देशनमा मन्त्रालयले शुक्रबार सार्वजनिक महत्वको सूचना जारी गरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशीका, २०७० ले तय गरेका मापदण्ड पूरा गर्न आग्रह गरेको हो ।

निर्देशिमा व्यवस्था भएका अनुसार निजी स्वास्थ्य संस्थामा कम्तीमा दश प्रतिशत शैयामा निःशुल्क उपचार गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

सँगै दस प्रतिशत शैयामा विपन्न, असहाय, बेबारिसे विरामीलाई उपचार गराउन समे निर्देश गरिएको छ । निःशुल्क उपचार प्राप्त गर्नका लागि विपन्न, असहाय, व्यवहारिसे बिरामीलाई स्वयम् घोषणा फाराम भर्न लगाई उनीहरुको फोटो सहितको विवरण अस्पतालको परिसरमा सर्वसाधारण सबैले देख्नेगरी टाँस्न आग्रह गरिएको छ।

साथै निःशुल्क उपचार प्राप्त गर्नेको विवरण जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य सेवा विभाग तथा स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा जस्ता सम्बन्धित निकायमा मासिक रुपमा विवरण पठाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले निर्देशिकामा भएका व्यवस्था कार्यान्वयनको अनुगमन तथा नियमन गर्ने छ । अनुगमनका क्रममा मापदण्ड पूरा नभएको पाइएमा कानुन अनुसार कारवाही हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.