कुकुर किन पाल्नेः मानव स्वाथ्यमा कुकुरको फाइदा

कुकुर किन पाल्नेः मानव स्वाथ्यमा कुकुरको फाइदा

काठमाडौंः आज कुकुर तिहार । सर्वत्र कुकुरको चर्चा छ । घरघरमा आज कुकुरलाई पूजा गरेर मीठोमीठो खान दिइन्छ । कुकुरलाई यमराजको दूतका रुपमा लिइन्छ।

यसले घरको रेखदेख गर्ने, अपराधीहरु पत्ता लगाउने, अनुसन्धानमा सहयोग गर्ने र मानिसको आज्ञापालक र रक्षकका रुपमा काम गर्दै आएको छ । प्राकृतिक एवं दैवी विपत्तिमा पूर्वसूचना दिने कुकुर भैरवको बाहन हो ।

धेरैले कुकुरलाई अति मन पराउछन् । घरमा कुकुर पाल्नु कतिपयको सोख हुन्छ । कतिपय सुरक्षाका लागि कुकुर पाल्छन् । घरपालुवा जनवारमध्ये कुकुर धेरै प्रिय हुने गर्दछ । समय परिवर्तन भएसँगै विभिन्न प्रजातिका कुकुर पाइन्छन् ।

देशमा मात्र होइन कुकुरको खोजी गर्दै नेपालीहरु विश्वभर धाउने गर्छन् । पछिल्ला दिनमा नेपाली भन्दा पनि विदेशी कुकुर नै धेरै देखिन्छन् । कुकुरका फाइदा धेरै छन् । कुकुरले मानिसको स्वास्थ्यमा समेत फाइदा गर्ने एक अनुसन्धानले सार्वजनिक गरेको छ ।

केही समय अगाडि गरिएको अनुसन्धानले कुकुर पाल्नुका फाइदा सार्वजनिक गरेको हो । अमेरिकाको बार्कपोस्टले कुकुर पाल्नुका फाइदा सार्वजनिक गरेको हो ।
बुँदामा कुकुर पाल्नुका फाइदा

मुड राम्रो बनाउँन साथ दिन्छ,

बच्चामा हुनसक्ने छालाको रोग जोगाउन सहयोग गर्छ,

कार्डियोभास्कुलर रोगको जोखिमबाट जोगाउछ,

मानिसलाई स्वास्थ्य दैनिकीतर्फ सधै प्रोत्साहित गर्छ,

मानिसलाई सक्रिय बनाउछ,

हृदयघात हुनबाट जोगाउछ,

कुकुर पालिएको घरका बालबालिका चलाख हुन्छन्,

घरमै कुकुर भएपछि परिवारले सुरक्षित महसुस गर्छन्,

दिक्कलाग्दो वातावरण सिर्जना हुनबाट टाढै राख्छ,

जोखिममा कुकुरले जीवन बचाउन साथ दिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.