‘होलेसुङ–जनकराज राई गोल्ड कप’ जनज्योति क्लबलाई'

‘होलेसुङ–जनकराज राई गोल्ड कप’ जनज्योति क्लबलाई'

दिक्तेलः खोटाङको दुर्छिममा आयोजित ‘होलेसुङ–जनकराज राई गोल्ड कप’ जनज्योति क्लब महादेवस्थानले जितेको छ । स्थानीयवासीको पहलमा निर्माण गरिएको ‘होलेसुङ–जनकराज राई मार्ग’लाई स्थापित गराउने उद्देश्यले आयोजना गरिएको फुटबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा सप्तेश्वर महादेव बुक्तो क्लब घुर्चु मंगलटारलाई ४–१ गोल अन्तरले पराजित गर्दै जनज्योतिले गोल्ड कप उचालेको हो ।

हारसँगै सप्तेश्वर महादेव बुक्तो क्लब दोस्रो स्थानमा सीमित भयो । स्थानीयवासीकै पहलमा दुर्छिम-३, भञ्ज्याङमा निर्माणाधीन कृष्णराम रंगशालामा सञ्चालित प्रतियोगिताका प्रथम स्थान प्राप्त टिमले नगद २० हजार तथा दोस्रो हुने टिमले १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै सेमिफाइनलिस्ट बनेका साकेला सिली फुटबल क्लब ‘ए’ दुर्छिम–३ र ओम शिवशक्ति युवा समूह महादेवस्थानले नगद पाँचपाँच हजारका साथमा मेडल र प्रमाणपत्र हात पारे ।

प्रतियोगिताका सर्वोत्कृष्ट गोलकिपर साकेला फुटबल क्लब ‘ए’का सुजन राई, सर्वोत्कृष्ट डिफेन्डर जनज्योति क्लब महादेवस्थानका खेमराज राई, सर्वोत्कृष्ट मिडफिल्डर जनज्योतिकै दिनेश राई, सर्वोत्कृष्ट स्ट्राइकर ओम शिवशक्ति युवा समूह महादेवस्थानका प्रवेश राई, सर्वाधिक गोलकर्ता जनज्योतिकै देबस तामाङ, सर्वोत्कृष्ट गोल ओम शिव शक्ति युवा समूहका जन्मजय केसी, उत्कृष्ट कोच जनज्योतिकै नवीन चाम्लिङ, छोटो समयमा गो लगर्ने साकेला सिली फुटबल क्लब ‘ए’का दिवस राई र प्रतिभावान् खेलाडी घोषित सप्तेश्वर महादेव बुक्तो क्लब मंगलटारका रोशन राईले जनही एक हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र पाए ।

यस्तै अनुशासित टिम भएबापत सप्तेश्वर महादेव बुक्तो क्लब मंगलटारले दुई हजारका साथमा मेडल प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ । विजेता टिमलाई सांसद पाँचकर्ण राई र समाजसेवी जनकराज राईले नगद तथा पुरस्कार हस्तान्तरण गरेका थिए ।

साकेला सिली फुटबल क्लब दुर्छिम–३ को आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगितामा खोटाङ र सोलुखुम्बुका १७ टिमले प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.