यो तिहारमा प्रचण्ड र ओलीलाई सिस्नुपानी लाग्योः रामचन्द्रलाई छोएन !

यो तिहारमा प्रचण्ड र ओलीलाई सिस्नुपानी लाग्योः रामचन्द्रलाई छोएन !

काठमाडौं: नेपाली हास्यव्यंग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यंग्य सदन) ले आइतबार नेपाल प्रज्ञाप्रतिष्ठानसँग मिलेर कमलादीस्थित प्रतिष्ठान परिसरमा देउसीभैलोको आयोजना गरेको छ ।

१८ वर्षदेखि यो क्षेत्रमा क्रियाशील सिस्नुपानीले देउसीभैलोमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, मन्त्री, प्रशासक, उद्योगी, व्यापारी, सञ्चारमाध्यमलगायत विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वलाई सहभागी उपस्थित गराएर व्याङ्गयत्मक देउसीभैलो गरेको हो ।

सिस्नुपानी देउसीको १९औं शृंखलालाई ‘सिस्नुपानी जागरण देउसी २०७३’ नाम दिइएको थियो । कार्यक्रममा स्थापनाकालदेखि झैं हास्यव्यंग्यात्मक देउसी प्रस्तुत गरिएको छ ।

सिस्नुपानीको देउसीमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित थिए । कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायत शीर्ष नेता समेत सहभागी सहभागी थिए ।

हिस्नुपानीको देउसी सुनिसकेपछि कार्यक्रममा मन्तव्य राख्दै कांग्रेस नेता रामचन्द्र पौडेलले सिस्नुपानीको देउसीले सबैलाई पोलेको बताए । सँगै पौडेलले आफूलाई भने सिस्नुपानीले नपोलेको भन्दै आफ्नो छाला साह्रै पातलो भएको उल्लेख गरे । ‘सिस्नुपानीले धेरैलाई चहर्‍याएको होला, धेरैलाई भतभती पोलेको होला’, पौडेलले भने, ‘मेरो छाला साह्रै पातलो भए पनि सिस्नुपानीले मलाई पोल्ने गरेको छैन यो खुसीको कुरा छ ।’

सिस्नुपानीको देउसीमा कांग्रेसमाथि व्यङ्ग्य गरिएको भए पनि रामचन्द्र पौडेलमाथि भने व्यङ्ग्य समेटिएको थिएन् ।

पौडेलपछि मन्तव्य दिन पुगेका प्रमुख अतिथि एवम् प्रधानमन्त्री प्रचण्डले भने भूमिकामा नभएकाले सिस्नुपानीमा कांग्रेस नेता पौडेल नपरेको टिप्पणी गरे । प्रचण्डले भने, ‘रामचन्द्रजीले मलाई सिस्नुपानीले छुँदैन भन्नुभयो, प्रचण्डले भने, ‘प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ । त्यसमाथि दोहोर्याएर भएपछि अझ बढी !’

यता केपी ओलीले भने सिस्नुपानीलाई शुभकामना दिए । ओलीले अहिले सिस्नुपानीले उठाएका विषय अर्को साल उठाउनु नपरोस भन्ने शुभकामना दिएका हुन् । ओलीले भने, ‘अर्को तिहारमा सिस्नुपानीले अहिले उठाएका भन्दा अर्को विषय उठाओस्, संविधान कार्यान्वयन अलिकता अगाडि बढेको होस, चुनाव होस् ।’

सिस्नुपानीको देउसी भैलोमा कलाकारहरु मनोज गजुरेल, लक्ष्मण गाम्नागे, सीताराम कट्टेल ‘धुर्मुस’, धीरेन्द्र प्रेमर्षि, टंकराज आचार्य, अर्जुन पराजुली, शिशिर योगी, देवकुमारी लुइटेल, सुमी लोहनी, हरिकला उप्रेती, सरोज घिमिरेलगायत थिए ।

सिस्नुपानीको देउसी भैलो कार्यक्रममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, सुरक्षा निकायमा प्रमुखलगायत शीर्ष नेतृत्व उपस्थित थियो ।

हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारको रमझम अहिले चलिरहेको छ । हर्ष, उमंग र रमाइलोका दृष्टिले तिहार अन्य चाडभन्दा विशेष मानिन्छ । तिहारका रमाइला पक्षहरू धेरै छन् । तीमध्ये देउसीभैलो पनि एउटा हो । हिन्दु धर्मावलम्वीले जीवनमा एक न एकपटक देउसीभैलो खेलेकै हुन्छन् । पछिल्लो समय देउसीभैलो खेल्ने शैली र भाकामा केही परिवर्तन देखिएको पनि तिहारमा देउसीभैलोको रौनक भने उस्तै छ ।

रमाइलोका लागि व्यक्तिले मात्रै होइन, विशेष उद्देश्यका साथ विभिन्न संघसंस्थाले पनि देउसीभैलो खेल्ने गरेका छन् । गाईजात्रामा जसरी हास्यव्यंग्यका माध्यमबाट तीतामीठा यथार्थलाई सटिक ढंगले प्रस्तुत गरिन्छ। त्यसको छनक देउसीभैलोमा पनि पाइन्छ । देउसीभैलोमा देशका समसामयिक प्रसंगले निकै स्थान पाउने गरेको छ । सिस्नुपानी नेपालको देउसीभैलो कार्यक्रम यस्तैमध्येको एक हो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.