‘दमक रन’ ले जन्माएका धावक

‘दमक रन’ ले जन्माएका धावक

विर्तामोडः मोरङ मधुमल्लाका याङदेव राई शनिबार विहानै विर्तामोड आए। विर्तामोड आएका उनको एउटै उद्देश्य थियो- दौड प्रतियोगिताको उपाधि जित्नु। उनी सडक दौडमा भाग लिने अन्य सहभागीहरुको कुरा सन्दै थिए। सबै आ-आफ्नै दाबी प्रस्तुत गर्दै थिए। भन्दै थिए, ‘आजको दौडको विजेता त म नै हो।’

अन्य सहभागीहरुसँग खासै घुलमिल नभएका राई आफ्नै सुर कस्दै थिए कसरी उपाधि हात पारौं भन्ने। उनले अन्नपूर्णसंग भने,‘यो दौड प्रतियोगिताको विजेता म नै हुन्छु, हेर्दै जानु।’ नभन्दै दौडने सबैलाई उछिनेर उनी नै प्रथम भए। नेकपा माओवादी केन्द्र विर्तामोड नगर कमिटीले आयोजना गरेको खुल्ला दौड प्रतियोगितामा उनले प्रथम पुरस्कार ११ हजार नगद हात पारे। उनले पुरस्कार पाएपछि खुशी हुँदै भने, ‘मैले तपाईंलाई भनेकै थिएँ नि ।’ उनले करीब दुईसय जनालाई उछिनेर पुरस्कार हात पारे।

उनी दमकमा सञ्चालित दमक रन कार्यक्रमले जन्माएका धावक हुन्। पूर्वमा भएका अधिकांश दौड प्रतियोगितामा भाग लिन्छन् र जित्छन् पनि। केही समयअघि शरणार्थी सम्बन्धि संयुक्त राष्ट्र संघीय उच्चायुक्तको दमक कार्यालय तथा दमकका स्थानीय संघसंस्थाको संयुक्त आयोजनामा भएको खुल्ला दौड प्रतियोगिताको प्रथम पुरस्कार पनि उनैले हात पारे। त्यसको केही दिनपछि सुनसरीको तरहरामा भएको दौडमा पनि उनी नै विजेता घोषित भए। राई भन्छन्, ‘मलाई दमक रन कार्यक्रमले नै दौडने क्षमताको विकास भएको हो । सबै मानिस आफ्नो शरीरले भ्याएसम्म दौडने कोशिश गरे स्वस्थ भइन्छ।’

सुनसरीको धरानमा सञ्चालित धरान रन कार्यक्रमको सिको गरेर दमकमा सोही किसिमको कार्यक्रमको आयोजना गरिन्छ। साताको एक दिन युवाहरु सडकमा निस्किन्छन् दौडनका लागि। प्रत्येक शनिबार उक्त दौडको आयोजना गरिन्छ। सडकमा दौडनेहरु भन्छन्, ‘क्षमताले भ्याएसम्म दौडे स्वास्थ्य अवस्था सप्रिन्छ। शरीर अल्छे हुँदैन ।’

शनिवार झापाको विर्तामोडमा आयोजित दौड प्रतियोगिता संविधान कार्यान्वयनमा प्रेरणा मिलोस भनेर नेकपा माओवादी केन्द्र विर्तामोड नगर कमिटिले उक्त दौड प्रतियोगिताको आयोजना गरेको पार्टी नगर अध्यक्ष कुबेर श्रेष्ठले बताए। उनले भने, ‘दौडमा जसरी सबै एकजुट भएर दौडे त्यसरी नै संविधान कार्यान्वयनका लागि सबै दौडनु आजको आवश्यकता भएको छ।’

उक्त दौड प्रतियोगितामा शनिअर्जुन नगरपालिका-३ का अजय दनुवार दोस्रो र विर्ताबजारका सन्तोष दास तेस्रो भएका थिए। दोस्रो हुने दनुवारले नगद ७ हजार र तेस्रो हुने दासले एउटा साइकल प्राप्त गरेका छन्। चौथो हुने प्रकाश दनुवारले पाँच जनालाई विर्तामोडको होटल डेनियलमा लन्च खुवाउन पाउने भएका छन्।

त्यस्तै पाँचौं हुनेले दुई हजार रुपैयाँ बराबरको भाले वा नगद र पाँचौदेखि दसौं स्थानमा आउनेले ढाका टोपी पाएका छन्। सबैले पुरस्कारका साथमा एक एक वटा आँपका विरुवा समेत पाएका छन्।

त्यस्तै महिलातर्फकी विजेता गीता आचार्यले पनि नगद ११ हजार पाइन्। महिलामा दोस्रो हुने मौनता प्रसाईंले नगद पाँच हजार पाइन्। विर्तामोडको मुक्तिचोकबाट शुरु भएको दौड प्रतियोगिता महानन्दचोक, माता मन्दिर हिमालयाज धर्मकाँटा रोड हुँदै विर्तामोडको मुक्ति चोकमा रहेको दुर्गा मन्दिरमा समापन भएको थियो। उक्त दौडको उद्घाटन सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.