देउसीभैलोको रकम मोतिबिन्दुका बिरामीलाई
काठमाडौः लायनस क्लब ओफ काठमाडौँ निर्बना तथा लिओ क्लब ओफ काठमाडौँ निर्बनाले देउसी भैलो बाट संकलित सबै रकम मोतिबिन्दुका बिरामीलाई दिने भएको छ ।
विभिन्न लायनसहरुको घर दैलोमा देउसी भैलो खेलेर यस संस्थाले संस्कृतिको जगेरण गरको साथै केहि आर्थिक संकलन पनि भएको जानकारी यस संस्थाका अध्यक्ष लिओ मनिष राज शाहले जानकारी दिए ।
यस कार्यक्रमबाट संकलन गरीएका रकम ‘दृस्टी सबैका लागि’ कार्यक्रम अन्तर्गत मोतियाबिन्दु लागेका बिरामीको उपचारमा खर्च गरिने गरी संकलित सबै रकम लायन्स क्लवलाई हस्तान्तरण गरिएको थियो ।
त्यस्तै देउसी, भैलोबाट संकलित रकम गरिब तथा जेहनदार बालबालिकाको अध्ययनमासमेत खर्च गरिने र नेपालका केही दुर्गम छेत्रमा पुस्तकालय निर्माणमा पनि खर्च गर्ने शाहले जानकारी दिए ।
विभिन्न सामाजिक कार्यहरु गर्दै आएका यस संस्थाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने जानकारी दिएको छ । देउसीभैलोबाट ८५ हजार रकम संकलन भएको थियो ।