राजेश हमाल भन्छन्ः भारतसँगको मित्रता भारी भयो

राजेश हमाल भन्छन्ः भारतसँगको मित्रता भारी भयो

काठमाडौं: भारतीय राष्ट्रपतिको तीन दिने नेपाल भ्रमणमा सरकारले सुरक्षाका नाममा गरेको कडाइप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

बुधबार सामाजिक सञ्जालमा भारतीय राष्ट्रपतिलाई नेपालमा स्वागत् गर्ने भन्दा सरकारलाई गाली गर्ने धेरै भेटिए । गतवर्ष भारतले ६ महिनासम्म गरेको नाकाबन्दीको पीडा भुल्न नसकेका नेपालीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई खुलेर स्वागत गर्न सकेनन् ।

जनस्तरबाट उठेको यो आवाज केही शीर्ष नेतासम्मले उठाए । नेपाली कला क्षेत्रका महानायक राजेश हमालले समेत भारतीय राष्ट्रपतिको नेपाल आगमनको खुलेर स्वागत गर्न सकेनन् ।

नायक हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत् भारतसँगको मित्रता भारी भएको उल्लेख गरेका छन् । हमालले गतवर्ष जारी भएको नयाँ संविधान लगत्तै भारतले लगाएको नाकाबन्दीको सम्झना गर्दै अहिले उही भारतकै राष्ट्रपतिको भ्रमणमा जनतालाई सास्ती दिएको प्रसंग जोडेर भारतसँगको मित्रता भारी भएको उल्लेख गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा हमाल लेख्छन्, ‘मित्र राष्ट्रका प्रमुख आफ्नो देशमा छदा हामी कहाँ नाकाबन्दी, हाम्रो देशमा आउँदा कफ्र्यु...मित्रता भारी पर्ने भो ।’

बुधबार मात्र भारतीय राष्ट्रपतिको नेपाल आगमनविरुद्ध ट्वीटर प्रयोगकर्ताले विरोध जनाए । धेरै ट्वीटर प्रयोगकर्ताले भारतीय राष्ट्रपतिलाई नेपालमा स्वागत छैन भन्ने ट्वीटर ह्यासट्यागमा ट्रेन्डिङ चलाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.