पपस्टार टेलरले भेट्टाइन् नयाँ प्रेमी

पपस्टार टेलरले भेट्टाइन् नयाँ प्रेमी

हलिउड पपस्टार टेलर स्विफ्टको अर्को सम्बन्धको चर्चा चुलिएको छ। हुन त उनको जीवनमा नयाँ प्रेमी आउने जाने क्रम पुरानो हो।

यतिबेला भने उनी नयाँ प्रेमलाई सार्वजनिक नगर्ने साँचमा छिन्। उनले जति नै लुकाएर राख्न खोजे पनि क्यानेडियन म्युजिसियन र्‍यापर ड्रेकसँगको उनको सम्बन्धबारे अरूले थाहा पाइसकेका छन्।

तर ड्रेकले भने आफ्नी आमासँग टेलरलाई भेट्टाइसकेका छन्। उनले आफ्ना नजिकका आफन्तहरूलाई टेलरको परिचय गराउन चाहेको बताएका छन्। तर टेलरले भने उनीसँगको सम्बन्ध सार्वजनिक गर्न चाहेकी थिइनन्।

तर पनि ड्रेकले उनकी आमासँग भेटाएरै छोडेको चर्चा छ। केही नजिकका साथीहरूसँग पनि उनको परिचय गराएको खुलासा भएको छ।केही दिनअघि ३० औं जन्मदिन मनाउने क्रममा उनले आमालगायत साथीहरूसँग टेलरको चिनजान गराएका थिए।

ड्रेकले आफनो जन्मदिनमा टेलरका साथ रमाइलो गरेका थिए। त्यही पार्टीपछि उनीहरूबीचको रोमान्सको खबर सार्वजनिक भएको हो। यसअघि २०१३ मा एक म्युजिक भिडियोमा उनीहरू एकसाथ देखिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.