तरकारीवाली भन्छिन्ः मोडलिङ गर्न तयार छु

तरकारीवाली भन्छिन्ः मोडलिङ गर्न तयार छु

काठमाडौं: सामाजिक सञ्जालमा तरकारीवालीको नामले चर्चित कुसुम श्रेष्ठले प्रस्ताव आए मोडलिङ गर्न तयार भएको बताएकी छिन् ।

सञ्चारकर्मी सविना कार्कीसँग कुरा गर्दै कुसुमले प्रस्ताव आए मोडलिङ गर्न तयार भएको बताएकी हुन् । सामाजिक सञ्जालमा तरकारीको क्रेट बोकेको तस्बिर भाइरल भएपछि उनको चर्चा विभिन्न कोणबाट भइराखेको छ ।

यस अघि पाकिस्तानका चियावाला युवा अरसद खान सामाजिक सञ्जालमा भाइरल भएपछि चलचित्र क्षेत्रमा लागेको विषयलाई जोड्दै कुसुमलाई धेरैले मोडलिङमा लाग्न सुझाव दिएका छन् ।

यसै सन्दर्भमा भएको कुराकानीमा कुसुमले प्रस्ताव आए मोडलिङमा लाग्न तयार भएको बताएकी हुन् । त्यस्तो प्रस्ताव आए तपाईं तयार हुनुहुन्छ भन्ने प्रश्नमा कुसुमले भनिन्, ‘हो म मोडलिङ गर्न चाहन्छु ।’ यद्यपी कुसुमले अभिनय सम्बन्धी कुनै तालिम अझैसम्म लिएकी छैनन् ।

चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेर हिड्दै गरेकी कुसुमको तस्बिर पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले खिचेका थिए। तस्बिर खिचेर महर्जनले फेसबुकमा राखेपछि उनको तस्बिर भाइरल भएको हो ।

सामाजिक सञ्जालमा कुसुमको तस्बिर भाइरल भएपछि महर्जनले भने आफ्नो फेसबुकबाट तस्बिर हटाइसकेका छन् । महर्जनले अनुमतिबिना कुसुमको तस्बिर खिचेको सार्वजनिक भएको छ । तस्बिरका सन्दर्भमा सोधेको प्रश्नमा उनले भनिन्, ‘फोटो खिचेको थाहा थिएन । साथीले भनेपछि मात्र थाहा पाएँ।’

अनुमतिबिना फोटो खिच्दा कस्तो लाग्यो भन्ने प्रश्न कुसुम भन्छिन्, ‘मलाई डर लागेको थियो । पछि सबैले राम्रो भन्नुभयो । पछि चाहिँ नराम्रो कमेन्ट गर्न सक्छन् भन्ने डर अझै छ ।’

यसरी सकारात्मक प्रतिक्रिया दिने सबैलाई कुसुमले धन्यवाद दिएकी छिन् । लाखौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले मन पराए पनि कुसुम आफैलाई भने आफू राम्री छु जस्तो लाग्दैन । उनी अनुहार भन्दा मानिसको व्यवहार राम्रो हुनुपर्ने धारणा राख्छिन् । ‘त्यत्ति राम्री त छैन । मान्छे राम्रो हुन मन राम्रो हुनुपर्छ भन्ने लाग्छ ।’

गोरखा वाङलिङकी कुसुम अहिले चितवनको टांडीमा क्वेष्ट मोडल कलेजमा कक्षा ११ मा पढ्दै छिन् । कुसुम चन्द्रनारायण र ज्ञानु श्रेष्ठीकी एक्ली छोरी हुन् । कुसुमले दसैं तिहारको बिदामा घर पुग्दा आफूले बुबा आमालाई सघाउन तरकारी बोक्ने र पसलमा काम गर्ने गरेको बताएकी छिन् ।

कुसुम सरल भएको र उनले परिवारलाई सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा करोडौंले उनलाई मन पराएका छन् । धेरै भारतीयहरुले नेपाली तरकारीवाली र पाकिस्तानी चियावालाको तुलना गरेर खबर सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्वीटरमा तरकारीवालीको नाममा ह्यासट्यागमा टे«न्डिङ नै चलाएका छन् । सामाजिक सञ्जालमा चर्चा पाएर सुरुमा डराएकी कुसुम पछिल्ला दिनमा भने खुशी छिन् । ‘सबैतिर चर्चा पाइरहदा खुशी लागेको छ,’ कुसुमले भनिन् । सविना कार्कीले कुसुम श्रेष्ठसँग गरेको अडियो वार्ता सुनुहोस् 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.