मुखर्जी स्वदेश फर्किए, राष्ट्रपति विद्या भण्डारीले गरिन् विदाइ

मुखर्जी स्वदेश फर्किए, राष्ट्रपति विद्या भण्डारीले गरिन् विदाइ

काठमाडाैं: भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।

तीन दिने नेपाल भ्रमण पूरा गरी भारतीय राष्ट्रपति मुखर्जी स्वदेश फिर्ता भएका हुन्। मुखर्जीलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेकी हुन्। मुखर्जीलाई विदाइ गर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन पनि त्रिभुवन विमानस्थल पुगेका थिए।

भारतीय राष्ट्रपति मुखर्जी नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका थिए। नेपाल भ्रमणमा रहँदा भारतीय राष्ट्रपति मुखर्जीले आफ्ना समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत विभिन्न दलका शीर्ष नेताहरुसँग भेटेका थिए।

भारतीय राष्ट्रपति मुखर्जी नेपाल बसाइका क्रममा जनकपुर र पोखरासमेत पुगेका थिए। मुखर्जी शुक्रवार बिहान जनपुरको जानकी मन्दिरको दर्शन गर्नुका साथै त्यहाँ आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भएका थिए।

जनकपुरबाट पोखरा पुगेका मुखर्जी त्यहाँबाट काठमाडौं फर्किनासाथ स्वदेश फर्किएका हुन्। मुखर्जी गत कात्तिक १७ गते नेपाल आएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.