म्यान सिटीका प्रशिक्षकसँग रिसाए मेसी

म्यान सिटीका प्रशिक्षकसँग रिसाए मेसी

लन्डनः स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी प्रायः शान्त रहन्छन् । उनी मैदानभित्र होस या बाहिर विपक्षीसँग झगडा गरेको समाचार प्रायः सुनिएको छैन ।

मंगलबार युरोपियन च्याम्पियन्स लिगमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग पराजित भएपछि भने मेसीले आफ्नो फरक रूप देखाएका छन् । बेलायती सञ्चारमाध्यमले जनाएअनुसार मेसी म्यान सिटीका प्रशिक्षकविरुद्ध जाइलागेका थिए ।

बार्सिलोना म्यान सिटीसँग उसैको मैदानमा ३–१ गोलले पराजित भएको थियो । त्यो जित म्यान सिटीले बार्सिलोनाविरुद्ध हात पारेको अहिलेसम्मकै पहिलो जित थियो । त्यसैले बार्सिलोनाकै पूर्वप्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा ऐतिहासिक जित हात पारेपछि म्यान सिटीका अर्का प्रशिक्षक मिकेल अर्टेटा निकै खुसी देखिए । मैदानमा आफ्ना खेलाडीसँग खुसी साटासाट गरेपछि अर्टेटा ठूलो स्वरमा आफ्नो टोलीको पक्षमा हुटिङ गर्दै ‘ड्रेसिङ रुम’ तर्फ लागेका थिए ।

ड्रेसिङ रुमतर्फ जाने क्रममा मेसी र अर्टेटाको भेट टनेलमै भएको थियो । आफ्नो टोलीको जितमा हर्षित देखिएका अर्टेटालाई देखेपछि मेसी निकै रिसाए । मेसीले अर्टेटालाई बाटोमा नभई ड्रेसिङ रुमभित्र गएर खुसी मनाउन सुझाव दिएका थिए । अर्टेटाले भने मेसीलाई कुनै जवाफ फर्काएनन्, त्यसैले उनीहरूबीच ठूलै विवाद भने भएन । यद्यपि अर्टेटालाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएअनुसार मेसी निकै रिसाएका थिए ।

इङ्लिस क्लब आर्सनल र एभर्टनका पूर्वमिडफिल्डर ३४ वर्षीय अर्टेटाले कुनै समय बार्सिलोनाको ‘सी’ र ‘बी’ टोलीबाट पनि खेलेका थिए । यद्यपि मेसी बार्सिलोनाको सिनियर टोलीमा आउनुअघि नै अर्टेटाले क्याम्प नाऊ छाडिसकेका थिए । घटना सार्वजनिक भएपछि म्यान सिटीले आधिकारिक वक्तव्य सार्वजनिक गर्दै मेसीसँगको झगडामा अर्टेटाले कुनै गल्ती नगरेको दाबी गरेको छ ।

‘मेसीसँगको झगडामा अर्टेटाको कुनै गल्ती नभएको कुरा क्लब स्पष्ट पार्न चाहन्छ’, म्यान सिटीले विज्ञप्तिमार्फत भनेको छ ।
राष्ट्रिय टोलीमा मेसीका सहकर्मी तथा म्यान सिटीका स्ट्राइकर सर्जियो एगुएरोले समेत घटनाको पुष्टि गरेका छन् । एगुएरोले उक्त विवाद साम्य बनाउन आफू अघि सर्नु परेको बताएका छन् ।

‘आफ्नो टोली पराजित भएपछि कुनै पनि खेलाडी खुसी हुँदैनन्’, एगुएरोले भनेका छन्, ‘मेसी पनि दुःखी थिए । उनलाई म राम्रोसँग बुझ्छु । त्यसैले मैले उनीसँग कुरा गरें । त्यस्तो नकारात्मक कुरा केही भएको थिएन ।’ एक स्पेनिस रेडियो ‘कोप’ ले भने घटनामा मेसीकै दोष रहेको दाबी गरेको छ । उक्त रेडियोले मेसी नै म्यान सिटीको ड्रेसिङ रुमसम्म पुगेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.