स्यालको टोकाइबाट ज्यान गुमाएका व्यक्तिलार्इ सहिद घोषणा गर्न माग

स्यालको टोकाइबाट ज्यान गुमाएका व्यक्तिलार्इ सहिद घोषणा गर्न माग

गौरः स्यालले टोकेर उपचारको क्रममा मृत्यु भएका लाई सहिद घोषणा, क्षेतीपूर्ति र घाइतेहरुको उपचारको माग गर्दै बिहीवार रौतहटमा पीडितका आफन्त र स्थानीयबासीले प्रर्दशन गरेका छन्।

असोज १८ गते स्यालले टोकेर घाइते भइ उपचारकै क्रममा कार्तिक ६ गते मृत्यु भएका गरुडा नगरपालिका महम्दपुर टोलका बसन्त यादवलाई सहिद घोषणा, क्षेतीपूर्ति र घाईतेको उपचारको माग गर्दै रौतहटको गरुडामा पीडितका आफन्त र स्थानीयबासीले प्रर्दशन गरेका छन ।

महम्दपुर टोलमा स्यालले टोकेर रेविजको लक्षण देखिएका ५५ बर्षका रामफल महतोलाई गौर चन्द्रनिगाहपुर सडक खण्डको गरुडा चौकमा राखेर स्थानीयले प्रदशन गरेका थिए ।

पीडित पक्ष र स्थानीय प्रशासन बीच १९ जना घाइतेलाइ थप उपचारका लागि काठमाडौं पठाउने सहमति पछि स्यालले टोकेर घाइते भएका सवैलार्इ बिहीवार साँझ १२ वटा एम्वुलेन्समा राखेर उपचारका लागि पुन: काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिएका छन्।

स्यालले टोकेर मृत्यु भएका बसन्त यादवको विषयमा र रेविज देखा परेका गम्भीर बिरामी रामफल महत्तोको विषयमा सरकारी निकायले जवाफ दिनुपर्ने माग स्थानीयले माग राखेका छन्। मृतक यादव महम्दपुर माविका शिक्षक थिए। गत असोज १८ गते गरुडा नगरपालिकाको बिभिन्न टोलका २५ जनालाई स्यालले टोकेको थियो।

स्यालले टाउको र शरीरमा टोकेर चोट लागेका सत्य नारायण साह, रामपृत राय यादव, सावित्री देवी, मोहन दास तत्मा, सागरवती देवी साह, गोविन्द राम महरा, सुन्दरपति देवी, जनक ललिता देवी, रामफल महतो, धनियाँ देवी, सत्रुधन साह, रितु साह, नितिश यादव तेजीलाल राय यादव, रामबहादुर राय यादव, बसन्त यादवलाई थप उपचारका लागि जिल्ला अस्पताल गौरले काठमाडौं रिफर गरेको थियो।

हात र खुट्टामा टोकेर घाइते भएकाहरुले गौर अस्पतालमा नै एन्टी रेविज भ्याक्सिन लगाएको भएपनि एकजनाको मृत्यु भएको र घाइतेलार्इ रेविजको लक्षण देखा परेपछि स्थानीय त्रसित बनेका छन्। काठमाडौंमा उचित उपचार नपाएको गुनासो बिरामीहरुले गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.