प्याराग्लाइडिङ् उडाउँदै गरेका पहारीको निधन
स्याङ्जाः प्याराग्लाइडिङका लागि कास्की पोखराबाट स्याङ्जाको स्वरेक मैदान पुगेका २२ वर्ष शैलेस पहारीको शुक्रबार साँझ निधन भएको छ ।
पहारी प्याराग्लाइडिङको थप तालिम लिन स्याङ्जा पुगेका थिए । उनलाई स्थानीयले रुखमा झुण्डिएको अवस्थामा देखेपछि उद्धार गरी उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक देववबहादुर वोगटीले जानकारी दिए ।
पोखरा लेकसाइडमा रहेको एक फ्लाईङ स्कुलबाट प्याराग्लाइडिङको थप तालिम लिन पहारीसहित उनका साथीहरु स्याङजा पुगेका थिए ।
उनको शव जिल्ला अस्पताल स्याङजामा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।