रसुवागढी नाकालाई व्यवस्थित र मर्यादित बनाउन माग

रसुवागढी नाकालाई व्यवस्थित र मर्यादित बनाउन माग

रसुवा: नेपालको उत्तरी नाका रसुवागढीलाई व्यवस्थित र मर्यादित बनाउन नेपाली काँग्रेसका भ्रातृ संस्थाहरुले माग गरेका छन्।

नेपाल तरुण दल, विद्यार्थी सङ्घ र महिला सङ्घले शुक्रबार साँझ संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर सो माग गरेका हुन्। साना व्यवसायीले पनि परिश्रम गरी सहज रुपले काम गर्न पाउने वातावरण सिर्जना गर्न जिम्मेवार निकायसमक्ष माग समेत ती संस्थाले गरेका छन्।

चीनसँगको कारोबार गर्ने रसुवागढी नाकामा साना व्यवसायीलाई थिचोमिचो गर्दै ठूला व्यवसायीको मात्रै हाबी बढेकाले यस्ता कार्यको निरुत्साहित गरी समान रुपले रसुवाली नागरिकलाई आफ्नो क्षेत्रमा व्यवसायको प्राथमिकता दिन जोड दिएको छ।

केरुङबाट चिनियाँ सामान आयात निर्यातमा सबै कन्टेनर समूहलाई एउटै छातामा आबद्ध गराई समानुपातिक तवरले सामान ढुवानीमा परिचालन गराउने व्यवस्था हुन तरुण दलले आग्रह गरेको छ। हाल ट्रक र कन्टेनरको समूह सङ्ख्या भने नौ वटा रहेको र त्यसअन्तर्गत हजारौँ कन्टेनर परिचालित भइरहेको बताइएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.