करेन्ट लागेर युवकको मृत्यु
वीरगन्जः बाराको देवापुरटेटा गाविसमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवापुर टेटा गाविस वडा नम्बर ५ का २५ वर्षीय शीवरत्न पासवान रहेका छन्।
शनिवार बिहान आफनै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका पासवानलाई उपचारका लागि सिम्रौनगढ लैजाने क्रममा बाटोमै मृत्यु भएको स्थानीय रामेश्वर मेहताले जानकारी दिए।
पासवानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।