छठको दोस्रो दिन ब्रतालुले खरना पूजा गरे

छठको दोस्रो दिन ब्रतालुले खरना पूजा गरे

वीरगन्जः श्रद्धा, भक्ति एवम् निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन शनिबार साँझ ब्रतालुले खरना पूजा गरेका छन् । छठको दोस्रो दिन अर्थात् पन्चमी तिथीलाई खरना पनि भनिन्छ । शुक्रबार छठको पहिलो दिन नुहाइधुवाई गरेर शुद्ध भइ शाकाहारी भोजन ग्रहण गरेर विधिवत रुपमा छठ पर्व शुरु गरेका व्रतालु शनिवार दिनभरि निर्जला व्रत बसे ।

शनिवार साँझ ब्रतालुले नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा माटोको चुल्हो बनाएर त्यसैमा चामल र भेलीको खीर (रसीआव) तथा गहुँको रोटी प्रसादका रुपमा पकाएर बेलुकी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरे । त्यपछि ब्रतालुले उक्त प्रसाद ग्रहण गरेर फेरि निर्जला ब्रत लिएका छन् ।

सोमबार पर्ने छठको तेश्रो दिन अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ । सोमबार सँझिया घाटेका दिन ब्रतालु महिलाले नदी, पोखरी, तलाउलगायत जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सूर्यलाई र भोली पल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ ।

छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ। यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु, बोडीलगायतका फलफुल पनि सूर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मिक जनविश्वास रही आएको छ ।

यस्तै छठ सुरु भएसंगै वीरगन्जका चोक, गल्ली, पसल र घरमा छठका गीत–सङ्गीत गुञ्जयमान भएको छ । दरमुकाम वीरगन्जमा मात्रै एक दर्जन भन्दा बढी पोखरी, नदी, तलाउको किनारमा छठघाट बनाइएको छ ।

छठ पर्वका लागि नदी, तलाउ, पोखरीलगायतका जलाशयलाई रंगीचंगी बनाइएको छ । वीरगंजको घडीअर्वा, रानीघाट, मुर्ली, सिर्सिया, छपकैया, नगवा, रामगढवा, बहुअरी, आदर्शनगरको स्वीमीङ पुललगायतका छठघाट भव्य रुपमा सजाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.