उत्तर भारतमा बस दुर्घटनामा १६ को मृत्यु, २८ घाइते

उत्तर भारतमा बस दुर्घटनामा १६ को मृत्यु, २८ घाइते

नयाँ दिल्ली: उत्तर भारतको हिमाञ्चाल प्रदेशमा एक यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा सवार १६ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

हिमाञ्चल प्रदेशको प्रान्तीय राजधानी सिमलाबाट करिब २०० किलोमिटर दूरीमा अवस्थित माडी सहरमा क्षमताभन्दा बढी भार लिए गुडिरहेको बस ड्राइभरकोे लापरबाही र अत्यधिक भारका कारण दुर्घटनाग्रस्त भएकोे प्रारम्भिक अनुसन्धानबाट थाहा भएको आफू घटनाको रिपोर्टिङ गर्ने जिम्मेवार व्यक्ति नभएको बताउने तर दुर्घटनापछि घटनास्थल पुगेका एक प्रहरी अधिकारीले बताए । उक्त बस सडकबाट केही तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा १६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने केहीलाई सख्त घाइते अवस्थामा अस्पताल पठाइएकाले मृतक सङ्ख्या यो भन्दा बढ्न सक्ने उनले बताए । घटनाको अनुसन्धानका लागि छानबिन समिति बनाइ सकिएको प्रहरीले बताएको छ ।

भारत सडक दुर्घटनाका कारण विश्वकै धेरै मानिसको ज्यान अकालमा गुमाउने मुलुकमध्ये एक हो । भारतीय सरकारी तथ्याङ्कअनुसार भारतमा प्रत्येक वर्ष एक लाख ३० हजार मानिसले कमजोर सडक संरचना, अत्यधिक गतिमा र मध्यपानको सेवन गरी ड्राइभिङ गर्ने गरेका कारण अकालमा ज्यान गुमाउने गरेका छन् । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.