मोरङमा डेंगुको संक्रमण

मोरङमा डेंगुको संक्रमण

विराटनगर: एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण फेला परेको छ । मोरङको उर्लाबारी नगरपालिकामा डेंगु संक्रमित फेला परेको हो ।

तीन दिनयता चारजनामा डेंगु संक्रमण पुष्टि भएको छ । दुईजनामा शनिबार मात्र संक्रमण पुष्टि भएको हो । उच्च ज्वरो आउने, आँखा र शरीरका विभिन्न भाग दुख्ने, बान्ता हुने, पेटमा समस्या हुने लगायतका लक्षण देखा पर्न थालेपछि उपचारका लागि उर्लाबारी ४ स्थित गोदावरी अस्पतालमा ल्याइएका चारजनामा डेंगु पत्ता लागेको अस्पतालले जनाएको छ ।

उर्लाबारी ४ की १६ वर्षीया लक्ष्मी साह र ६१ वर्षीया रामकुमारी राईलाई डेंगुको संक्रमण भेटिएको हो । राईलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

साहको सोही अस्पतालमा उपचार सुरु गरिएको छ । गत बिहीबार यही अस्पतालमा उपचारका लागि ल्याइएका उर्लाबारी २ की २७ वर्षीया सरिता थापा र शोभित भण्डारीमा पनि डेंगु लागेको पुष्टि भएको थियो ।

लक्ष्मीलाई केही दिनअघि झापाको दमक बजार गएका बेला डेंगु लागेको हुनसक्ने उनका बुवा अखिलेश साहले बताए । सीमा जोडिएको छिमेकी नगर झापाको दमकमा डेंगुको संक्रमण बढेसँगै उर्लाबारीमा पनि डेंगुका बिरामी भेटिन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहेताले बताए । मेहेताले यो रोगको संक्रमणबाट बच्न र बचाउनका लागि कार्यालयले उच्च सतर्कता अपनाएको बुझिएको छ ।

'उर्लाबारीमा डेंगुको संक्रमण फेला परेको छ,' उनले भने, 'थप पुष्टि गर्नका लागि आइतबार डेंगु प्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सक टोली पठाइने छ ।' मेहेताले भने, 'रोगबाट बचाउनका लागि सबै ठाउँमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्न थालिएको छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.