‘अंगीकृत नागरिक प्रधानमन्त्री र राष्ट्रपति हुँदैन, हुँदैन, हुँदैन’

‘अंगीकृत नागरिक प्रधानमन्त्री र राष्ट्रपति हुँदैन, हुँदैन, हुँदैन’

काठमाडौंः माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधान मन्त्री नारायणकाजी श्रेष्ठले अंगीकृत नागरिक राष्ट्रप्रमुख र सरकार प्रमुख नहुने बताएका छन् ।

आइतबार अन्नपूर्णमा प्रकाशित ‘अंगीकृतलाई राष्ट्राध्यक्ष दिन सत्तापक्ष तयार’ शीर्षकको समाचार प्रकाशित भएपछि श्रेष्ठले अंगीकृतलाई संवैधानिक पदमा पुग्न पाउने व्यवस्था सम्भव नहुने बताएका हुन् ।

सत्ताको नेतृत्वकर्ता पार्टीका उपाध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटर मार्फत् संविधान संशोधनको प्रस्तावको विरोध गरेका छन् ।

आइतबार बिहान श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘अंगीकृत नागरिकलाई राष्ट्रप्रमुख र सरकार प्रमुख बनाउने गरी संविधान संशोधन असम्भव छ । हुँदैन, हुँदैन, हुँदैन ।’

संविधान संशोधन नभएसम्म संविधान स्वीकार्य नहुने भन्दै आन्दोलनमा रहेको मधेसी मोर्चाको माग सम्बोधन गर्न सत्ता पक्षले संविधान संशोधनको तयारी गरेको छ ।

सरकारले अन्तरिम संविधानका प्रावधानलाई पुनस्थापित गर्न तयार भएको आसयसहितको अनौपचारिक पत्र शुक्रबार मोर्चालाई पठाएपछि संविधान संशोधनको विषय चर्चामा छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.