घुमफिर वर्षको प्रवद्र्धन गर्न पर्यटकीय प्याकेज

घुमफिर वर्षको प्रवद्र्धन गर्न पर्यटकीय प्याकेज

काठमाडौं: नेपालको आन्तरिक पर्यटक प्रवद्र्धन र घुमफिर वर्षको औचित्य पुष्टि गर्न नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय संस्थाको सहकार्यमा पर्यटकीय प्याकेज निर्माण गर्न थालेको छ । विभिन्न पर्यटकीय गन्तब्यको प्रवद्र्धनात्मक प्याकेज बनाउन थालिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए । उनका अनुसार व्यावसायिक प्याकेजले निजी क्षेत्रको सहकार्यमा पर्यटकीय गतिविधि बढाउने बोर्डको योजना रहेको छ ।

पर्यटन बोर्डले नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँगको सहकार्यमा प्याकेज सार्वजनिक गरेको हो । पर्यटकीय संस्थाले यस्ता पर्यटकीय प्याकेज बनाएर प्रवद्र्धन गर्न अनुरोध गरेका कारण निजी क्षेत्रको सहकार्यमा प्याकेज तयार गरिएको बोर्डले जानकारी दिएको छ ।

धेरैले घुमफिर वर्षलाई नै दृष्टिगत गरेर प्याकेज ल्याउन अनुरोध गरेकोले औपचारिक रूपमै पर्यटकीय प्याकेज ल्याउन लागिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले बताए । उनका अनुसार बोर्डले सबै अञ्चलका पर्यटकीय स्थललाई समेटेर प्योकज ल्याउने प्रयास गरेको छ । व्यवसायीलाई पनि संघीयताको संरचना अनुसार नै प्याकेज निर्माण गर्न अनुरोध गरिएको जानकारी सुवेदीले दिए । प्याकेजले सबै पर्यटकीय गन्तब्यलाई समान महत्व दिएर प्याकेजमा समेटिएको बोर्डको भनाइ छ ।

बोर्डले तयार पारेको पहिलो चरणको प्याकेजमा हलेसी महादेव दर्शन टुर, जनकपुरधाम, पाथीभरा मन्दिरको भ्रमण, खप्तड टुर, लुम्बिनी–स्वर्गद्वारी भ्रमणका टुुर, रारा टुर रहेका छन् । यी पर्यटकीय प्याकेज नाट्टा र सोट्टोको सहकार्यमा तयार गरिएका हुन् । ट्रेकिङ, राफ्टिङ, होमस्टे, क्यानोनिङसहितका पर्यटकीय प्याकेज पनि सम्बन्धित संस्थाको सहकार्यमा आउने बोर्डले जानकारी दिएको छ । बोर्डले आफ्नो वेभसाइटमार्फत यस्ता प्योकजको जानकारी दिने र सम्बन्धित संस्थामार्फत प्याकेज खरिद गर्न सकिने बताएको छ ।

पर्यटन बोर्ड र पर्यटन व्यवसायीको सम्युक्त पहलमा नेपालभरका सबै पर्यटकीय गन्तब्यमा भ्रमण प्याकेज तयार पार्दै जाने जानकारी दिइएको छ । घुमफिर वर्षका लागि तयार गरिएका प्याकेज एक दिनदेखिे पर्यटकको रुची अनुसार महिना दिनसम्मका लागि तयार पारीने पनि उल्लेख छ ।

घुमफिर वर्ष २०७३ सञ्चालनमा रहेको र आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पनि यस्तो प्याकेज आवश्यक भएको नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष मधुसुदन आचार्यले जानकारी दिए । उनका अनुसार हाल जुनसुकै गन्तब्यमा विना प्याकेज जाने गरिएकोमा त्यसलाई ट्राभल एजेन्सीमार्फत जाने र पर्यटकीय प्याकेजका रूपमा बिक्री गरिने पनि बताए ।

सबै पर्यटकीय गन्तब्यको भौगोलिक अवस्था, हावापानी, बस्ने, खाने सुविधा र यात्राका क्रममा भैपरी आउने समस्यासहितका जानकारी प्याकेजमा राखिनुपर्ने नाट्टाको भनाइ छ । आन्तरिक पर्यटकका लागि एउटा व्यावसायिक संस्थाले तयार गरेको प्याकेजलाई अर्कोसँग प्रचार गर्ने पनि उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.