लिभरपुल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लियो

लिभरपुल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लियो

काठमाडौं: लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा वाटफोर्डमाथि ६-१ को फराकिलो जित निकाल्दै लिभरपुल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको हो।

खेलको २७ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए। त्यसको तीन मिनेटपछि नै खेलको ३० औं मिनेटमा काउटिन्होले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए भने ४३ औं इमरे कानले गोल गर्दै पहिलो हाफमै लिभरपुलको अग्रता ३-० को बनाए।

एकतर्फी खेल पस्केको लिभरपुलका लागि खेलको ५७ औं मिनेटमा रोवेर्टोले गोल गरे भने ६० औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे।

खेलको ७५ औं मिनेटमा वाटफोर्डका लागि जनमाटले गोल गर्दै अग्रता ५-१ म झारे। तर खेलको इन्जुरी समयमा जियोर्जिनियोले गोल गर्दै लिभरपुललाई ६-१ को फराकिलो जित दिलाए।

जितपछि तालिकाको शीर्ष स्थानमा उक्लिने क्रममा लिभरपुलले चेल्सीलाई उछिन्यो। लिभरपुलको ११ खेलबाट २६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको चेल्सीको समान खेलबाट २५ अंक छ। समान खेलबाट २४ अंक जोडेका म्यानचेस्टर सिटी र आर्सनल क्रमश तेस्रो र चौथो स्थानमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.