स्वारेजको निर्णायक गोलमा बार्सिलोना विजयी
काठमाडौं: एक सुन्यले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले सेभिल्लालाई पराजित गरेको छ। गएराति भएको ला लिगा फुटबलमा बार्सिलोनाले एक सून्यले पछि परेको स्थिति उल्टाउँदै सेभिल्लामाथि २-१ गोल अन्तरको जित निकालेको हो।
खेलको १५ औं मिनेटमै भिटोलोले गोल गर्दै घरेलु टोली सेभिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यो अग्रतालाई सेभिल्लाले कायमै राख्न सकेन। खेलको ४३ औं मिनेटमा बार्सिलोनाका लागि लियोनल मेसीले बराबरी गोल फर्काए।
पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो। दोस्रो हाफमा बार्सिलोनाले सुधारिएको प्रदर्शन गरेको थियो। बार्सिलोनाका लागि लुइस स्वारेजले खेलको ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई २-१ को जित दिलाए।
जितपछि बार्सिलोनाले ११ खेलबाट २५ अंकका साथ ला लिगा फुटबलको दोस्रो स्थानमा कायमै छ। शीर्ष स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट २७ अंक छ।