एमटीभी यूरोप म्यूजिक अवार्डमा यस्ती देखिइन दीपिका (फोटोसहित)
एजेन्सीः बलिउड अभिनेत्री दीपिका पादुकोढा भारत मात्र हैन विश्वका अन्य देशमा पनि चर्चा बटुल्दै गएकी छन् । उनले हलिउडमा 'xXx: रिर्टन अफ जेन्डर केज' फिल्ममा डेब्यु गरेकी छन् । साथै उनले २०१६ को एमटीभी यूरोप म्यूजिक अवार्डमा सहभागी भएर अवार्डमा प्रस्तुती पनि गरेकी थिइन् ।
रेड कार्पेटमा देखा परेकी उनले फेसन डिजाइनर मोनिषा जयसिंहको डिजाइनमा प्रस्तुत भएकी थिइन ।
हल्का हरियो रंगको हाई स्लिट स्कर्ट तथा कालो ब्रालेटमा उपस्थित दीपिका निक्कै सेक्सी देखिएकी थिइन् । उनले कानमा लगाएको रिङ तथा पेटीले फरक लुक देखिएको थियो ।
केहीले उनको यो रुपलाई मन पराएनन् तर, उनले एक म्यूजिक अवार्डमा आफ्नो प्रस्तुती देखाएकी हुन् । उनले यो अबार्डमार्फत एक नयाँ प्रयोग पनि गरेकी छन् ।