उपराष्ट्रपति र बाज्रिल राजदुतबीच भेटवार्ता

उपराष्ट्रपति र बाज्रिल राजदुतबीच भेटवार्ता

काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि ब्राजिलका राजदूत मारिया मेस्क्वेटा पेसोअले शिष्टाचार भेट गर्नु भएको छ ।

सोमबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग राजदूत पेसोअले शिष्टाचार भेट वार्ता गर्नु भएको हो ।

भेटमा उपराष्ट्रपति पासाङले नेपाल र ब्राजिलबीच औपचारिक सम्बन्ध स्थापना भएको चार दशक पुगेको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध प्रगाढ रहेको बताए । उनले नेपाल र ब्राजिलबीच औपचारिक सम्बन्ध सुरु हुनु अगावैदेखि कुटनीतिक सम्बन्ध रहेको बताए ।

नेपाल र ब्राजिलको भौगोलिक हिसाबले उस्ता उस्तै भएको भन्दै उपराष्ट्रपतिले दुई देशबीच सांस्कृतिक र व्यापारिक सम्बन्ध रहेको स्मरण गरे । नेपाल र ब्राजिल दुवै देश जलस्रोतको धनी भएको भन्दै पुनले ब्राजिलले जलस्रोतको सदुपयोग गरिरहेको भए पनि नेपालले सदुपयोग गर्न समस्या परेको भन्दै ब्राजिलबाट सिक्न चाहेको बताए ।

उनले संविधान जारी पछि नेपाल समृद्धिको दिशामा अगाडि बढेको जानकारी गराए । समृद्धिको पहिलो आधार जलस्रोत भएको उनको भनाई थियो ।

भेटमा नेपालका लागि ब्राजिलका राजदूत मारिया मेस्क्वेटा पेसोअले ब्राजिल र नेपालको कुटनीतिक सम्बन्ध धेरै पुरानो भएको बताए । उनले दुई देशबीचको सम्बन्ध घनिष्ठ रहेको चर्चा गरे ।

ब्राजिल नेपालसँगको सम्बन्धलाई थप सुधार्न चाहिरहेको बताए । उनले गत वर्र्ष नेपाल ब्राजिल चेम्बर अफ कमर्श स्थापना भएको स्मरण गर्दै आफूले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनका लागि सबै प्रयास गर्ने बताए ।

यसैगरी उपराष्ट्रपति पासाङसँग नेपालका लागि ईण्डोनेशियाका अवैतनिक दूत चन्द्र ढकालले पनि सोमबार भेटवार्ता गरे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.