वन कार्यालयले भूकम्पपीडितलाई काठ उपलब्ध गराउन नसक्ने

वन कार्यालयले भूकम्पपीडितलाई काठ उपलब्ध गराउन नसक्ने

काठमाडौँ: जिल्ला वन कार्यालय काठमाडौँले भूकम्पपीडित जनतालाई काठ उपलब्ध गराउन नसक्ने भएको छ।

कार्यालयका सूचना अधिकारी गुरुप्रसाद दाहालले काठमाडौँमा वनको मात्रा कम हुँदा भूकम्पपीडित जनतालाई काठ उपलब्ध गराउन नसकिएको बताए। काठमाडौँ जिल्लामा वनको क्षेत्रफल १५ हजार २७९ हेक्टर रहेको छ।

उनले भने,'काठमाडौँमा सालको जङ्गल छैन, चिलाउने र कटुसको हो, त्यही पनि काठ बन्ने खालको छैन।' राम्रो काठ उत्पादनका लागि ३६ इञ्चभन्दा बढी गोलाइ तथा १५ फिटभन्दा अग्लो रुख राम्रो हुन्छ।

तर काठमाडौँको वनको काठ पोल (सानो) साइजको रहेको छ । काठमाडौँमा हाल १४३ सामुदायिक वन रहेको छ। काठमाडौँको पुनःनिर्माणका लागि करिब ४० हजार क्यूफिट काठ चाहिने कार्यालयले जनाएको छ। काठमाडौँमा चाहिने काठ तराईका विभिन्न जिल्लाबाट झिकाउने तयारीसमेत भएको प्रवक्ता दाहालले बताए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.