सत्यस्वरूप र आरसीको ‘प्रारम्भ’ 

सत्यस्वरूप र आरसीको ‘प्रारम्भ’ 

काठमाडौंः नेपालको राजनीति स्वाभिमान बन्धकी राख्ने खालको भए पनि प्रवासी नेपालीले हाम्रो पहिचानलाई स्थापित गर्न ठूलो भूमिका निभाइरहेको वरिष्ठ गीतकार यादव खरेलले बताएका छन् ।

अस्ट्रेलियामा बसोबास गर्दै आएका संगीतकार आरसी थापाको एकल संगीतमा रहेको एल्बम ‘प्रारम्भ’को विमोचन गर्दै शनिबार साँझ गीतकार खरेलले राजनीतिक रूपमा जोसुकै राजदूत भए पनि थापाजस्ता व्यक्तिले विदेशमा रहेर नेपालको सांस्कृतिक राजदूतको भूमिका निभाएको विचार व्यक्त गरे । झन्डै २० वर्ष अगाडिदेखि सांगीतिक क्षेत्रमा लागेका थापाले कुलराज थापा र तेन्जिङ सिरपसँग मिलेर आफ्नो गाउँ दोलखामै आरकेटी नामक ब्यान्ड स्थापना गरेका थिए । सोही ब्यान्डमार्फत थापाले २०५४ सालमै पहिलो एल्बम श्रोतामाझ ल्याएका थिए ।

गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफ्नो ११ औं एल्बम ‘प्रारम्भ’ बाट सत्यस्वरूप इन्टरटेनमेन्टको प्रारम्भसमेत गरेका छन् । एल्बममा ‘तिम्रो सुन्दर आँखामा’, ‘रोएर बसें’, ‘नलुकाउन मुहार तिम्रो’लगायत आरसी थापा, विष्णु सुवेदी, कुलराज थापा, रमेश दाहाल र कल्पना अधिकारीका सातवटा गीत समावेश गरिएका छन् । यीमध्ये ‘नलुकाउन मुहार तिम्रो’ र ‘तिम्रो नजरबाट’बोलका गीतको भिडियो पनि कार्यक्रममा देखाइएको थियो । निकेश खड्काले निर्देशन गरेका म्युजिक भिडियोमा आरसी थापा, प्रियंका कार्की, नन्दिता केसीलगायतले अभिनय गरेका छन् ।

‘प्रारम्भमा समेटिएका गीतहरू सहज, सरल र मिठासपूर्ण भए पनि विविधता कम छ’, विमोचन कार्यक्रममा बोल्दै खरेलले भने । नेपालको पहिलो महिला सरोदवादक रूपा न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा गीतकारमध्येका कुलराज थापाले एल्बमका गीतमा देशबाट छुट्टिनुको पीडा पाइने बताए । गायक सत्यराजले भने संगीतकार आरसी थापालाई हेर्दा गोविन्दाको झलक आउँछ भन्दै उनलाई गोविन्दा स्टायलको नृत्य गर्न लगाएर सबैलाई हँसाएका थिए । गायक स्वरूपराजले एल्बमबाट उठेको रकम दोलखा गौरीशंकर बालगृहलाई प्रदान गर्ने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.