जाजरकोटमा सात स्थानीय तह प्रस्ताव

जाजरकोटमा सात स्थानीय तह प्रस्ताव

जाजरकोटः राज्य पुनःसंरचनाका लागि तीन नगरपालिका र चार गाउँपालिकासहित सात स्थानीय तहको प्रस्ताव गरिएको छ ।

प्राविधिक समिति र स्थानीय राजनीतिक दलहरुको आज बसेको संयुक्त बैठकले सर्वसम्मतिमा स्थानीय निकायको सङ्ख्या सीमा र नामको टुङ्गो लगाएको स्थानीय विकास अधिकारी इन्द्र गौतमले बताए ।

स्थानीय प्राविधिक समितिका संयोजक गौतमको अध्यक्षतामा बसेको बैठकले पूर्वमा पाँच गाविस समावेश गरेर नलसिंहगाड नगरपालिका, सदरमुकाम खलङ्गा रहेको साबिकको भेरीमालिका नगरपालिकाको नाम परिवर्तन गरी भेरी नगरपालिका र पश्चिममा छ गाविस समावेश गरी छेडागाड नगरपालिकाको सिफारिस गरेको छ ।

त्यस्तै चार गाउँपालिकामा बारेकोट, कुसे, कचाली र जुनीचाँदे वा भैरीचाँदे गाउँपालिकाको नाम विशेष गाउँपालिकाका रुपमा सिफारिस गरिएको छ । संयोजक गौतमका अनुसार भेरी नगरपालिकाको केन्द्र खलङ्गा, नलगाड नगरपालिकाको केन्द्र दल्ली र छेडागाड नगरपालिकाको मनघाट केन्द्र तोकिएको छ ।

त्यस्तै बारेकोट विशेष गाउँपालिकाको लिम्सा, कुसे विशेष गाउँपालिकाको धारापानी वा वाटुल्ले, शिवालय विशेष गाउँपालिकाको सेवाला र जुनीचाँदे विशेष गाउँपालिकाको केन्द्र लुहादह वा सानाखोलामा रहने वैकल्पिक व्यवस्थासहित सिफारिस गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.