खुला षड्यन्त्र

खुला षड्यन्त्र

अहिले वर्तमान संविधानलाई ‘सर्वस्वीकार्य' बनाउने नाउँमा संसद्का तीन ठूला पार्टी संविधान संशोधनको अभ्यासमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधनको अभ्यासका क्रममा मधेसी नेताहरूलाई एउटा प्रस्ताव पठाएका छन्, जसमा अरू विषयका अलावा अंगीकृतलाई राष्ट्राध्यक्षलगायत सबै पदको लागि खुला पहुँच दिने आशय स्पष्ट छ ।

प्रधानमन्त्री दाहालले उनको प्रस्ताव अन्नपूर्ण पोस्टले छापेपछि सचिवालयमार्फत त्यो भ्रामक भएको दाबी गरे पनि त्यसमा शतप्रतिशत सत्यता भएको तथ्यपरक निष्कर्ष सहजै निकाल्न सकिन्छ । मधेसी समूहसँग वार्ताको लागि खटाइएका सरकारका गृह र उपप्रधानमन्त्री विमलेन्द्र निधिले अन्तरिम संविधानका प्रावधानअनुरूप संविधान संशोधन हुने बताएका छन् ।

एक हिसाबले प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्री सबै काइते भाषा र अभिव्यक्तिमार्फत राज्य र जनताको आधारभूत सम्बन्धको सर्वाधिक मौलिक आधारलाई अवमूल्यन गरिरहेका छन्, कुनै जवाफदेहिताविना ।

उनीहरू मुलुकलाई बिर्ता र आफू कतैबाट अराइएका बिर्तावालका रूपमा प्रस्तुत गर्दैछन् । तर उनीहरूले के बुझ्नुपर्छ भने प्रधानमन्त्री र मन्त्री पदमा कायम रहन यो मुलुकका जनताप्रति जिम्मेवार या जवाफदेही हुनैपर्छ । सार्वभौम नेपालीको सर्वोच्च निर्वाचित थलोका रूपमा संसद्ले या संसद्को सम्बन्धित समितिले प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीलाई यसबारे केरकार गर्नैपर्छ ।

नागरिकता, नगारिक र राज्यको सम्बन्धको करारनामा हो । त्यसवापत राज्यको आधिकारिकता नागरिकमाथि लागू हुन्छ, उसले राज्यले कर तिर्छ, बफादारी प्रदर्शन गर्दछ । अर्कोतिर राज्य नागरिकको हक सुनिश्चित गर्न बाध्य हुन्छ ।

अंगीकृत नागरिक अन्यत्रबाट आउने हुनाले उनीहरूलाई जन्मसिद्ध नागरिकसमान विभिन्न अधिकार दिइए पनि अधिकांश प्रजातान्त्रिक मुलुकको अभ्यास र कानुनभन्दा बाहिर गएर नेपालमा विशेष हक दिनु उपयुक्त हुँदैन ।

खासगरी गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद सिटौलाको मिलोमतोमा विदेशीहरूलाई समेत लाखौंको संख्यामा नागरिकता बाँडिएको र त्यसमा निकै ठूलो धाँधली भएका तथ्यहरू अहिले खुलेका छन् ।

कुनै पनि नेपाली ‘नागरिकता' बाट वञ्चित हुनु हुँदैन । तर नागरिकताजस्तो पहिचान झूटो विवरण पेस गरी दिलाउने व्यक्ति र राजनीतिज्ञलाई नागरिक हक, खासगरी निश्चित समयको लागि संवैधानिक राजनीतिक पद लिन वञ्चित गरिने प्रावधान पनि आवश्यक छ संविधानमा ।

विगतमा प्रतिनिधिसभाले समेत नागरिकतासम्बन्धी संशोधन विधेयकलाई अर्थ विधेयकका रूपमा प्रस्तुत गरेर उसले गैरजिम्मेवारीपन देखाएको छ, मन्त्रिपरिषद्को नेतृत्वमा ।

मधेसी समूहको मागका आवरणमा अहिले जघन्य प्रकृतिको झेलझाल सरकारबाट हुन थाले पनि यसको सबभन्दा ठूलो प्रतिरोध मधेसका नेपाली, थारू र अन्य सबैले गर्नेछन् । सरकारको षड्यन्त्रबारे एमाले र कांग्रेसभित्र पनि गम्भीर छलफल नभएमा त्यो राष्ट्रप्रतिको दायित्वप्रति उनीहरूको उदासीनता मानिनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.