आईएमईको दसैंतिहार योजनाका विजेतालाई उपहार प्रदान
काठमाडौः आईएमईले दसैंतिहारलाई लक्षित गरेर ल्याएको ‘आईएमई हात हुँदैन खाली’ योजनाको विजेतालाई उपहार प्रदान गरेको छ । कम्पनीले उक्त योजनाका सबै भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको हो ।
विजेतालाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख–बजार तथा व्यापार प्रवद्र्धक ड्यानिल दास श्रेष्ठ र ब्रान्ड एम्बासेडर दीपकराज गिरीद्वारा उपहार स्वरूप सम्युत रूपमा चार थान युएम पावरम्याक्स स्कुटि प्रदान गरिएको छ ।
मलेसिया, कतार, मलेसिया र डेनमार्कबाट पैसा पठाउने आईएमईका सेवाग्राही तिलक बहादुर श्रेष्ठ, सुरेन्द्रप्रसाद थारु, आङ्गनर्बु शेर्पा र सरोज श्रेष्ठले उक्त उपहार पाएका थिए । विजेताको सिफारिसमा लालबहादुर श्रेष्ठ, भीमबहादुर चौधरी, भीमप्रसाद खड्का र हरिलक्ष्मी श्रेष्ठलाई क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो हप्ताको लागि एक/एक थान युएम पावरम्याक्स स्कुटी प्रदान गरिएको कम्पनीले जनाएको छ ।
योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले विभिन्न मर्चेन्डाइजका निश्चित उपहारहरू पाउने व्यवस्था मिलाइएको थियो । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले चन्द्रागिरी केबलकारको टिकट उपलब्ध गराइएको थियो भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता एक जनालाई युएम स्कुटी उपहार योजना ल्याइएको थियो ।