डाबर नेपाल र ग्रुप अफ इभेन्ट इन्टरटेनरबीच सम्झौता
काठमाडौः डाबर नेपाल र ग्रुप अफ इभेन्ट इन्टरटेनरबीच सम्झौता भएको छ । प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल २०१६ को प्रायोजनका लागि ग्रुप अफ इभेन्ट इन्टरटेनरबीच सम्झौता भएको हो ।
ग्रुप अफ इभेन्ट इन्टरटेनरले सन् २००३ देखि प्रोस्टाइल म्यानहन्टको व्यवस्थापन गर्दै आएको छ । इन्टरटेनरका कार्यकारी निर्देशक अनुप सक्सेनाले प्रोस्टाइल जस्तो चर्तित ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
साथै यस कार्यक्रममा सहभागिता जनाउन इच्छुक नेपालीले मंसिर तीन गतेभन्दा पहिले नै फारम दर्ता गरिसक्नु पर्नेछ भने फारमलाई अफिसको वेभसाइडबाट डाउनलोड गर्न सकिने जनाइएको छ ।