अत्याधुनिक प्रविधिबाट क्यान्सर रोगको उपचार सेवा सुरु हुँदै

अत्याधुनिक प्रविधिबाट क्यान्सर रोगको उपचार सेवा सुरु हुँदै

काठमाडौंः नेपाल क्यान्सर अस्पतालले नेपालमै आधुनिक प्रविधिबाट क्यान्सर रोगको उपचार सुरु गर्ने भएको छ। अन्तर्राष्ट्रिय एक्सरे दिवसको उपलक्ष्यमा अस्पतालले मंगलबार गरेको कार्यक्रममा अस्पतालले क्यान्सरको उपचारका लागि उच्चस्तरिय रेडियो थेरापी मेसिन ल्याएको जानकारी दिएको छ।

अस्पतालले हालै ल्याएको मेसिनमार्फत केही हप्ताबाट सेवा सुरु गर्ने जनाएको छ । क्यान्सरको उपचारमा प्रयोग हुने विभिन्न उपचार पद्धतीमध्ये रेडियोथेरापी एक विधि हो जसको माध्यमबाट क्यान्सर पत्ता लगाउने र रोग न्यूनिकरण गर्नसमेत प्रभावकारी हुने अस्पतालले जनाएको छ।

अन्तर्राष्ट्रिय एक्सरे दिवसको अवसरमा स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले सरकारले विभिन्न उपचारमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको बताए। उनले सरकारले गम्भीर रोगको निशुल्क उपचारको व्यवस्थ गर्न सरकारले गृहकार्य जारी राखेको स्पष्ट पारे।

कार्यक्रममा अस्पतालका निर्देशक डा. सुदिप श्रेष्ठले अस्पतालले नयाँ प्रविधि भित्राएसँगै क्यान्सरका बिरामीले प्रभावकारी उपचार पाउने बताए। उनले नयाँ प्रविधिको प्रयोगसँगै बिरामीले उपचार गर्दा क्यान्सर लागेको भागमा प्रभावकारी रुपमा उपचार हुने दावी गरे।

निर्देशक डा. श्रेष्ठले विशेष प्रकारको विकिरणको प्रयोगबाट उपचार हुने भएकाले क्यान्सर भएको ठाउँमा मात्र केन्द्रित हुने भएकाले अन्य भागमा असर नगर्ने बताए।
श्रेष्ठले नयाँ प्रविधिको मेसिनका कारण बिरामीलाई हानिकारक विकिरणको असर नपर्ने बताए। नयाँ प्रविधिको प्रयोगले बिरामीको अन्य अंगलाई हानी नगरी उपचार गर्ने क्षमता भएको बताए।

यो मेसिनको प्रयोग भएसँगै क्यान्सरको परीक्षणका लागि भारत लगायत अन्य देशमा जानु पर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ। स्वदेशमै हुने उच्च प्रविधिको उपचारका कारण कम खर्चमै सबैसाधारणले उपचार पाउने अस्पतालको दावी छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.