एकसाथ एन आई सी एशिया बैंकका सात शाखाको उद्घाटन
काठमाडौः एन आई सी एशिया बैंकले विभिन्न सात स्थानमा नयाँ शाखा विस्तार गरेको छ ।
मंगलबार नयाँ सात शाखाको उद्घाटन भएको छ । मंगलबार बट्टारस्थित ७० औं शाखाको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले गरे भने अत्तरीयामा ७१ औं शाखाको उद्घाटन अत्तरीया उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त रोकायाले गरे ।
लेखनाथमा ७२ औं शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपठीलेले गरे भने वाग्लुङ्गमा ७३ औं शाखाको उद्घाटन वाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले गरे ।
यता बिरौटामा ७४ औं शाखाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले गरे भने कावासोतीमा ७५ औं शाखाको उद्घाटन नवलपुर उद्योग वाण्ज्यि संघका अध्यक्ष ओम प्रकाश पौडेल तथा दलदलेमा ७६ औं शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले गरे ।
नयाँ शाखा अत्तरीयासहित बैंकको शाखा संख्या ७६ तथा एटिएम संख्या ६९ पुगेको छ ।