नेपालको पहिलो एनिमेशन चलचित्र लण्डनमा प्रदर्शन

नेपालको पहिलो एनिमेशन चलचित्र लण्डनमा प्रदर्शन

नेपालको पहिलो एनिमेशन चलचित्र 'शंखघरको कथा' (द लेजेण्ड अफ शंखधर) को प्रदर्शन लण्डनबाट सुरु भएको छ ।

११ सय वर्ष पहिलेको प्रचीन नेपालको ऐतिहासिक पृष्ठभूमिमा तयार पारिएको यो चलचित्रको कथामा नेपालका विभूति शंखधर शाख्वाले कसरी नेपाल संवतको सुरुवात गरे भन्ने कुरा उल्लेख गरिएको छ । त्यस्तै भक्तपुर र काठमाडौंबीचको ऐतिहासिक सामाजिक सम्बन्ध र भूकम्पले पुर्‌याएको क्षति पछिको उपत्यका लगायतका विषय उल्लेख गरिएको छ ।

नेपाल संवत ११३७ को उपलक्ष्यमा लण्डनको ग्रीनफोर्ड टाउन हलमा प्रवासी नेपाली समुदायमाझमात्र प्रिमियर शो गरिएको थियो ।

यन्त्रकला स्टुडियोको व्यानरमा बनेको यस चलचित्रका लेखक तथा निर्देशक संयुक्त श्रेष्ठ हुन् । एनिमेसन टोलीमा श्रेष्ठसँगै अञ्जना श्रेष्ठ र नियुक्त श्रेष्ठ छन् भने उनीहरुको टोलीलाई विज्ञान प्रजापति र प्रंजल कक्षपतिले सहयोग गरेका छन् ।


नेपाली संस्कृती र सम्पदा झल्काउने उद्देश्यका साथ निर्माण गरिएको चलचित्रमा मौलिक नेपाली कलाकारिता र कार्यशैली अपनाइएको छ ।

यो चलचित्र पासा पुचः गुठि युके र नेवाः अर्गनाइजेशन अफ अमेरिकाको अगुवाईमा आगामी डिसेम्बर ११ मा प्रदर्शन गरिनेछ ।

त्यस्तै १७ डिसेम्बरमा ग्वाहालि नामक संस्थाको अगुवाईमा नेपालमा र गुठि अस्ट्रेलियाको अगुवाईमा फेब्रुवरीमा प्रदर्शन गरिनेछ । त्यस्तै मिडल इष्ट तथा विभिन्न युरोपका सहरहरुमा पनि चलचित्र प्रदर्शन गर्ने तयारी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.