एनआईसी एसिया एकै दिन सात शाखा थपिए
काठमाडौः एनआईसी एसिया बैंकले एकै पटक सात स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
ती शाखामध्ये बट्टारस्थित शाखाको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले, अत्तरीयास्थित शाखाको उद्घाटन अत्तरीया उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त रोकाया, लेखनाथस्थित शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपठी र वागलुङस्थित शाखाको उद्घाटन वागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले गरेका छन् ।
बिरौटास्थित शाखाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले, कावासोतीस्थित शाखाको उद्घाटन नवलपुर उद्योग वाण्ज्यि संघका अध्यक्ष ओमप्रकाश पौडेल र दलदलेस्थित शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले गरेको बैंकले जनाएको छ ।
शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याको आधारमा एनआईसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंकमध्ये एक भएको बैंकको दाबी छ । यो सँगै बैंकको शाखा सञ्जाल ७६ तथा एटीएम संख्या ६९ पुगेको छ ।
बैंकले गत त्रैमासिक अवधिमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कर्जा सापटिमा ३९ प्रतिशत तथा निक्षेपमा ३४ प्रतिशतका साथै खुद मुनाफामा ६६ प्रतिशतको उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको जनाएको छ ।