हिमालय माउथवास बजारमा
काठमाडौं ः हिमालय हर्बलले हिमालय माउथवास बजारमा ल्याएको छ ।
सन् १९३० देखि व्यक्तिगत प्रयोजनका वस्तु बनाउँदै आएको कम्पनीले मुखबाट हुने विभिन्न समस्या जस्तै मुख गन्हाउने, मुख पोल्ने, दाँतमा भएका प्लेकका समस्या दाँत तथा गिजा दुख्ने इत्यादिका लागि सौफको तेल मि श्रणबाट बनाइएको एक्टिभ फ्रेस माउथवास निम, अनार तथा मिसवाकको मि श्रणबाट तयार गरिएको कम्प्लिट केयर माउथवास र मेवा, भुईंकटहरको मि श्रणबाट तयार गरिएको स्पार्कलिङ ह्वाइट माउथवास बजारमा ल्याएको हो ।
कम्पनीले बजारमा आफ्नो उत्कृष्ट माउथवासको परिचय दिनका लागि एक सय २० रुपैयाँमा यो उपलब्ध गराएको छ । कम्पनीले यो उत्पादन ग्राहकमाझ छोटो समयमानै लोकप्रिय हुने जनाएको छ ।