संविधान संशोधनको विरुद्धमा नेमकिपा

संविधान संशोधनको विरुद्धमा नेमकिपा

काठमाडौंः नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें ९रोहित०ले प्रस्तावित संविधान संशोधनको विरुद्धमा उभिने बताएका छन् ।

चर्चामा आएजस्तो संविधान संशोधन भएमा देश सिक्किमिकरण तर्फ जाने भएकाले आफूहरुले विरोध गर्ने बताए । ‘संविधान संशोधन केका लागि रु’ उनले प्रश्न गरे, ‘बेलायतको लिखित संविधान जस्तो बनाउन खोजेको हो कि ?’

नेपाल क्रान्तिकारी विद्यार्थी संघले अक्टोबर क्रान्ति दिवसको अवसरमा आयोजना गरेको ‘विचार गोष्ठी’को प्रमुख वक्ताको रुपमा रहेका विजुक्छेंले भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमणका क्रममा व्यक्त गरेका विचारहरुप्रति असन्तुष्टि समेत जनाए । उनले संविधान संशोधनको पक्षमा एक हुन मुखर्जीले गरेको आह्वान नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भएको उल्लेख गरे ।

‘सबै दल मिलेर जानु भन्ने मुखर्जीको भाषाले शिक्षकले विद्यार्थीलाई अह्राएको झल्को दिन्छ’ बिजुक्छेंले भने, ‘यो हस्तक्षेप हो ।’ उनले मुखर्जीको सुरक्षाकानाममा भारतीय सुरक्षा दल आएकोमा पनि असन्तोष प्रकट गरे ।

कार्यक्रमपश्चात् अन्नपूर्ण पोस्ट्सँगै कुराकानी गर्दै विजुक्छेंले लोकमानसिंहलाई लगाइएको महाभियोग संविधान संशोधनमा तीन दललाई एक गराउने बहाना भएको जिकिर गरे । महाभियोग पारित गर्ने हो भने पहिले संविधान संशोधन गर्नुपर्छ भनेर नेपाली कांग्रेसले अड्डी लिने विजुक्छेको ठम्याइ थियो ।

‘एमाले र माओवादी सबैलाई तान्ने खेल हो, नभए महाभियोग फेस गर्नुपर्छ’, उनले भने । कार्यक्रममा नेमकिपाका सांसद प्रेम सुवाल, अनुराधा थापा मगर, विद्यार्थी नेता निरज लवजु, प्राध्यापक संघका सरोजराज गोसाई लगायतले आफ्ना मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.